सन्दिप कुमार बैश्यबर्दिया

बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रजिअ वेद प्रसाद खरेलले भुमिसुधार तथा मालपोत कार्यालय गुलरियामा अनुगमन गरेका छन् ।

बुधबार बिहान सवा १० बजे मालपोत कार्यालय पुगेका प्रजिअ खरेलसहितको टोलीले कार्यालयमा भइरहेका दैनिक गतिविधिको अनुगमन गरेको थियो ।

प्रजिअ खरेलसहितको टोलीले कार्यालय प्रवेश गरेर सेवाग्राहीले सेवा लिने प्रत्येक कक्षमा सेवाग्राहीसरह बसेर त्यहाँको गतिविधिको अनुगमन गरेको थियो।

अनुगमन पश्चात सञ्चारकर्मीहरूलाई जानकारी दिनेक्रममा प्रजिअ खरेलले अधिकांश कर्मचारीहले पोसाक नलगाएको भेटिएको जानकारी दिए । उनले भने,ुअधिकांश कर्मचारीहरूले पोसाक नलगाएको देखियो, परिचय पत्र पनि भिरेको देखिएन, साथै कार्यालयमा जहाँ सुकै थुकेको फोहोर देखियो, कार्यालय नै दुर्गन्धित देखियो।ु

उनले कार्यालयको विभिन्न फाँटको अनुगमन गर्दै कर्मचारी र सेवाग्राहीहरुबाट सेवाप्रवाहबारे जानकारी समेत लिएका थिए । सो क्रममा उनले सेवाग्राहीको कार्य छिटो छारितो गर्न कर्मचारीहरूलाई निर्देशन पनि दिएका थिए । कागजात नपुगेको भए स्पष्ट रुपमा भन्न तथा बिना कारण कसैको काममा अत्यधिक समय नलगाउन समेत उनले कर्मचारीहरुलाई निर्देशन दिए ।

साथै उनले अनुगमनको क्रममा एकरदुई जना कर्मचारीहरूले बदमासी गरिरहेको खुल्न आएको बताए । उनले भने,ु बदमासी गरिरहेको जानकारी प्राप्त भएपछि मैले ती कर्मचारीहरूको फाँट नै परिवर्तन गर्न निर्देशन दिएको छु।ु साथै उनले कार्यालयमा देखिएका कमी कमजोरी तत्काल सुधार्न पनि निर्देशन दिएको जानकारी दिए ।

‘मालपोत कार्यालयमा अनियमितता हुने गरेको व्यापक जनगुनासा आउन थालेपछि अनुगमन गरेका हौँ,’प्रजिअ खरेलले भने, ‘कार्यालयमा नियम तथा अनुशासन पालन नगर्ने कर्मचारीहरूलाई सचेत पनि गराइएको छ।ु

अनुगमनका क्रममा कर्मचारीले अनलाइन सिस्टमले काम गर्न सहज भए पनि बेलाबेला सर्भर डाउन हुँदा काम गर्न समस्या उत्पन्न भएको बताएका थिए। कर्मचारीहरूले विशेषतः अनलाइन सिस्टममा काम गर्नका निम्ति एकचोटी लिएको तालिम पर्याप्त नभएको र थप तालिमको आवश्यकता रहेको बताएका थिए।

पछिल्लो समय सरकारी कार्यालयको साथसाथै सबै क्षेत्रमा प्रशासनले अनुगमनको कार्य तिव्र पारेको छ । बजार, स्वास्थ्य संस्था र स्वास्थ्य क्लिनिकलगायत सबै क्षेत्रको अनुगमनलाई निरन्तरता दिने योजना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Facebook Comments Box