काठमाडौं बैशाख १३ । राष्ट्रिय विकास परिषदको बैठक आज बस्दैछ । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि बैठक आव्हान गरिएको हो ।

बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बैठक बस्दैछ । बैठकलाई आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालसहित पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

बैठकको उदघाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठले सोह्रौं योजनाको मस्यौदा प्रस्तुत गर्नुहुनेछ । सरकारको ५ वर्षे रणनीति बनाउन राष्ट्रिय विकास परिषदको बैठक महत्वपूर्ण मानिन्छ ।

कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरुको पनि सहभागिता रहनेछ । सबै प्रदेशका मुख्यमन्त्रीहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ । स्थानीय सरकारका प्रतिनिधिहरु र निजी क्षेत्रका ठूला उद्योगी व्यवसायीहरु बैठकमा सहभागी हुने बताइएको छ ।

Facebook Comments Box