होमेन्द्र थापा
बैशाख १३ गते
बर्दियामा औलोबाट बच्न, र बचाउन संचारकर्मीहरु संग छलफल तथा अन्तरक्रिया गरिएको छ । औलोको औषधी, औलोको जानकारी बारे सञ्चार मध्यमबाट नागरिकमा संदेश पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
“औलो विरुद्ध लडाइलाई तिब्रता दिऔं, समतामूलक पहँुचको सिर्जना गरौं” भन्ने मुल नाराका साथ स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा आज १८ औं विश्व औलो दिवस २०८१ को अवसरपारी कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहजीकरण गर्दै स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले लामखुट्टेको टोकाईबाट बच्न सबैलाई अनुरोध गर्नु भएको छ । लामखुटेको टोकाईबाट बच्न सके हामीलाई औलो, कालाजार,डेंगु, हात्तीपाईले, जापानीज इन्सेपलाईटिक्स जस्ता किटजन्य रोगहरुबाट बच्न सकिने गिरीले बताउनु भयो । सन २०२५ सम्ममा नेपाललाई औलोमुक्त बनाउने परिकल्पना र सन २०१५ सम्ममा औलोबाट हुने मृत्यु संख्यामा सुन्यमा पु¥याउने र त्यसलाई निरन्तरता दिने लक्ष्य रहेको छ । बर्दिया जिल्लामा आर्थिक बर्ष २०७८÷०७९ मा १३ जना, २०७९÷०८० मा ४ जना र २०८०÷८१ को चैत सम्म ८ जना औलो संक्रमित देखिएको कार्यालयका प्रमुख गिरीले जानकारी गराउनु भयो ।

औलो एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाईबाट हुने एक प्रकारको सरुवा रोग हो । औलो निदान तथा उपचारको लागि सबै शंकास्पद औलो बिरामीको गुणस्तर सुनिश्चित गरिएको आरडिटी वा माईक्रोस्कोपी परिक्षणको आधारमा मात्र औलो भएको निश्चित गर्ने, निश्चित गरिएको औलो बिरामीको उपचार गर्दा राष्ट्रिय औलो उपचार पद्दती अनुसार गर्ने, आरडिटी किट तथा औषधीको लागि स्वास्थ्य कार्यालयसंग समन्वय गरी उपलब्ध गर्ने गराउने, आफ्नो पालिका अन्तरगत रहेका स्वास्थ्य संस्थाहरुमा औलोको जाँच किट तथा औषधीहरुको उपलब्धता सुनिश्चित गर्नु पर्ने प्रमुख गिरीले बताउनु भयो ।

Facebook Comments Box