होमेन्द्र थापा, बर्दिया
बैशाख १७ गते
जिल्ला ट्राफिक कार्यालय बर्दियाले १५ हजार बढी सवारी साधनहरुलाई कारवाही गरेको छ । चालु आर्थिक बर्षको चैत महिना सम्म नियम विपरित संचालन भएका १५ हजार बढी सवारी साधनहरु कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले सवारी साधनको चेकजाँचमा कडाई गर्दा राजश्व संकलनमा बृद्धि हुनुको साथै सवारी दुर्घटनामा मृत्यु हुनेको संख्यामा समेत कमी आएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
तराईको सम्म ठाउँको रुपमा चिनिने बर्दिया जिल्लामा सवारी साधनको चेकजाँचमा कडाई गरिएको छ । बर्दिया ट्राफिक प्रहरीले कुनै किसिमको सवारी दुर्घटना नहोस भनी मापासे चेकजाँच, सवारी चालक अनुमती पत्र चेकजाँच, सवारी साधनको गति चेकजाँच, नागरिक सचेतना जस्ता कार्यक्रमहरु गर्दैआईरहेको छ । यातयातको नियम विपरीत सवारी साधन चलाएका चालकहरुलाई कारवाही गर्दा यस चालु आर्थिक बर्षको चैत महिना सम्म रु. ९० लाख बढी राजस्व संकलन भएको र सवारी दुर्घटनामा मृत्यु हुनेको संख्यामा समेत कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव निरीक्षक ओम बहादुर खड्काले बताउनु भयो । बाँसगढी, मैनापोखर, गुलरिया, मधुवन, भुरीगाउँ, राजापुर लगाएतका ठाउँहरुमा ट्राफिक प्रहरीले चेकजाँच गर्दैआईरहेको खड्काले जानकारी दिनु भयो ।

सडकमा ट्राफिक चेकजाँच हुनु समग्र सबैको लागि राम्रो काम हो । यातायात दुर्घटना न्युनिकरण हुनुमा सवारी चालकहरुको ठुलो हात रहेको हुँदा चालकहरुले मादक पदार्थ, लागु पदार्थ जस्ता नशा सेवन नगरी सवारी साधान चलाउनु पर्ने बर्दिया कृष्णसार यातायात व्यवसायी प्रा.ली.का अध्यक्ष रबी मल्लले बताउनु भयो ।
सडकमा विविध कारणले सवारी दुर्घटना हुने गर्दछ । यातायातको नियम पालना गर्नले दुर्घटनाबाट बच्न सकिन्छ । सडक दुर्घटना न्युनिकरण वा रोकथामको लागि ट्राफिक प्रहरीले ठाउँठाउँमा सवारी चेकजाँचमा कडाई गरेको छ । ट्राफिक नियमको पालना गर्नु ट्राफिक प्रहरीको लागि नभएर आफ्नो लागि भएको सवारी चालक प्रकाश गुप्तले बताउनु भयो ।
कुनै किसिमको दुर्घटना नहोस, यातायात सजिलो होस भनेर बनाईएको नियम ट्राफिक नियम हो । यो नियम यात्री र चालक दुबैले मान्नु पर्छ । ट्राफिक नियमको पालना गर्नले सडक दुर्घटनाबाट बच्न र बचाउन सकिन्छ

Facebook Comments Box