काठमाडौँ । देशभर शाखा सञ्जाल विस्तार गरिरहेको प्लस साइज नेपालले शनिबार नेपालगञ्जमा दशौ शाखा सम्उद्घाटन गरेको छ । शनिबार नेपालगञ्जको सेतु वि.क चोकमा नेपाली महिला फुटबल टोलीको पूर्व कप्तान नेरी थापाको प्रमुख आतिथ्यतामा दशौ शाखाले औपचारिता पाएको हो । 

एउटै कपडा ७ वटा भन्दा धेरै साइजमा बनाइरहेको प्लस साइज नेपाल, नेपाली प्लस साइज ग्राहाकहरुमा निकै प्रख्यात रहेको छ । प्लस साइज नेपालले पूर्वमा धरान, बिर्तामोड देखि पश्चिममा बुटवलसम्म शाखा सञ्चालन गरिरहेको छ । डेलिभरी सर्भिस नेपालभर भई रहेता पनि प्लस साइज नेपालको शाखा देशभर १० वटा मात्र रहेको छ । 

प्लस साइज नेपालले सम्पूर्ण सोसल मिडिया र एप्स्मार्फत अनलाइनमा आफ्नो राम्रो उपस्थिति देखाइरहेको छ । यस्तै प्लस साइज नेपालमा अध्यक्ष विष्णु बोहराले देशको अर्थतन्त्र धरासायी बन्दै गए पनि राम्रो अवसर पहिचान गर्न सक्न पर्ने धारणा व्यक्त गर्छन् । ग्राहाकहरुको पर्चेजिङ पावर घट्दै गएको महसुस गरेका अध्यक्ष बोहराले, व्यापारलाई सफल बनाउन धैर्यता र लगनशीलता मात्र एक उपाय भएको बताउँछन् । 

Facebook Comments Box