काठमाडौ । बझाङमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले पुनः अग्रता लिएका छन्। 

भण्डारीले ९ हजार ८८९ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले ९ हजार ८८० मत प्राप्त गरे। 

यसैगरी माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ६६३ मत प्राप्त गरेका छन्।  नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ४०५ मत प्राप्त गरेका छन्। 

बझाङमा अब दुई पालिका तल्कोट र साइपालको मात्र मत गणना हुन बाँकी छ। 

Facebook Comments Box