काठमाडौं । उपनिर्वाचनको जारी मतगणनामा इलाम(२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले झण्डै ४ हजार मतको अग्रता बनाएका छन्। पछिल्लो मत परिणामअनुसार नेम्वाङले ११ हजार ७८ मत पाएका  छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मत प्राप्त ल्याउनुभएको छ। नेम्वाङ र खड्काबीचको  मतान्तर ३ हजार ७ सय ५४ रहेको छ।

त्यस्तै पहिचानवादी पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू ६ हजार ९ सय १ मतसहित तेस्रो स्थानमा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ५ सय १२ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको पार्टी नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले २ सय ६० मत प्राप्त गरेका छन्।

इलाम–२हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अहिले माई नगरपालिका–६ र ७ मा मतगणना भइरहेको छ। एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो।

Facebook Comments Box