काठमाण्डौ – बाजुरामा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । जङ्गली जनावर र घरपालुवा जनावरले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

रेबिजविरुद्धको खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताउनुभयो । जथाभाबी रूपमा छोडिएका कुकुर, स्याललगायतका जनावरले टोकेका बिरामी रेबिजको खोप लगाउन आउने गरे पनि खोप अभाव भएपछि अन्य जिल्लामा पठाउनुपरेको जनस्वास्थ्य अधिकृत चन्दले बताउनुभयो ।

जिल्ला अस्पताल, टाँटे स्वास्थ्य चौकी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा खोप अभाव भएको  छ । लक्ष्यअनुसार खोप खरिद हुने भए पनि रेबिजको कुनै लक्ष्य नहुने भएकाले खोप खरिद गर्न समस्या भएको अधिकृत चन्दले बताउनुभयो ।

Facebook Comments Box