होमेन्द्र थापा, बर्दिया
बैशाख १७ गते
पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका केन्द्रिय अध्यक्ष खड्गा प्रसाद ओली भोली बर्दिया आउने नेकपा एमाले बर्दियाले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बर्दियाको १० औं जिल्ला अधिवेशनलार्ई उद्घाटन गर्न अध्यक्ष ओली बर्दिया आउने आज पत्रकार सम्मेलन मार्फत जिल्ला कमिटीका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताउनु भयो ।
१० औ जिल्ला अधिवेसनको उद्घाटन सत्रमा कसैलाई पनि रोक नभएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । वहाँले देशै भरी ७७ जिल्ला कमिटीहरुको अधिवेसन जेठ मसान्त सम्म गर्ने पार्टी केन्द्रिय कमिटीको योजना अनुसार बर्दियामा बैशाख १८ र १९ गते सम्पन्न गर्ने तयारीमा लागेको बताउनु भयो । ७५ वटा वडालाई ७५ निर्वाचन केन्द्र निर्माण गरेको र त्यहाँ २५ जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनौट गरेको अध्यक्षको भनाई छ ।

जिल्ला कमिटीका उपअध्यक्ष सालिकराम अधिकारीले विगतको विरासतलाई स्थापित गर्न चाहेको बताउनु भयो । वहाँले यो जिल्लाको राजनितिक प्रभावले समग्र मुलुकमा प्रभाव पार्न सकिने बताउदै राजनितिमा देखिएका विभिन्न भावहरुलाई आत्मसाथ गर्दै अगाडी बढने कुरामा जोड दिनु भयो ।
यसै गरी पार्टीका जिल्ला कमिटी सचिव पदम ढकालले समावेशी ढंगले सबै किसिमले प्रतिनिधिहरु छनौट गरी अधिवेसनको सम्पुर्ण तयारी गरेको बताउनु भयो । अधिवेसनमा ३ सय ६४ जना प्रतिनिधिहरु, १ सय ६४ सदस्य र ५५ जना स्वमसेवक राख्ने सचिव ढकालले जानकारी दिनु भयो ।
पार्टीले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य तथा सांसद शाभा ज्ञावली, बिशेष अतिथिमा पुर्व मन्त्री तथा केन्द्रिय सदस्य बिमला बि.क., जिल्ला अध्यक्ष लाल बहादुर श्रेष्ठ, उपाध्यक्ष सालिकराम अधिकारी, सचिव पदम ढकाल लगाएत अन्य पार्टीमा आबद्ध सदस्यहरुको सहभागीता रहेको थियो ।

Facebook Comments Box