झापा असार २५॥ बाढीपहिराका कारण दमकबाट दक्षिणी इलाम तथा पाँचथरका ग्रामीण क्षेत्रसम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध भएको छ। इलामको माङसेबुङ गाउँपालिका–३ स्थित बाघमारा पुलछेउमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिए। पहिराले बाटो अवरुद्ध गरेपछि दमकबाट छुटेका यात्रुवाहक सवारीसाधन बाटोमा रोकिएका छन्। माङसेबुङ पालिकाले पहिरोका कारण अवरुद्ध सडक खुलाउन स्काभेटर पठाइसकेको र अब एक–डेढ घण्टाभित्रै बाटो पूर्ववत् रुपमा सञ्चालनमा आउने अध्यक्ष राईले बताए।
झापा । २२ असार । यो समय वर्षाको समय हो।वर्षाको बेला देशभरका खोला नालामा पानीको सतह बढ्नुका साथै बिभिन्न स्थानमा पहिरो खस्ने गर्दछ । बाडी पहिरोका कारण केहि पहाडी क्षेत्रका सडक अवरुद्ध हुँदा सडक यात्रा गर्न समस्या भएको पाइन्छ।आज पनि पहिरोका कारण देशका बिभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन्। प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै पहिरो खसेको छ । यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । सडकमा खसेको पहिरोको कारण दुवै सडक आज बिहानैदेखि अवरुद्ध बनेका…
तेह्रथुम असार २१ ।। तेह्रथुममा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। जिल्लाको लालिगुराँस नगरपालिका–८ आफ्नै आमा ४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा लालिगुराँस नगरपालिका–८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दिपक नेपालीलाई बिहीबार पक्राग गरेको जनाएको छ । दिपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं असार १८ ॥ साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको मूल्य बढाएको छ। कर्पोरेशनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आजै राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढाएको हो। अब आयो नुन एक केजीको प्याकेटको २६ रुपैयाँ पर्नेछ। यसअघि उक्त नुनको मूल्य प्रतिकेजी २३ रुपैयाँ थियो। यस्तै न्यू शक्ति नुनको मूल्य प्रतिकेजी १७ रुपैयाँबाट २० रुपैयाँ पुर्याइएको छ। भानु नुन प्रतिकेजी ९ रुपैयाँ यथावत छ।
भद्रपुर असार १४॥ झापाको भद्रपुरमा धारिलो हतियार सिक्कल प्रहार गरी एक वृद्धा महिलाको हत्या गरिएको छ । हत्या गर्ने भद्रपुर नगरपालिका २ पृथ्वीनगरस्थित डिगाँउ निवासी अन्दाजी ४० वर्षीय राजेश तामाङलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । शुक्रबार दिउँसो साढे ३ बजेको समयमा राजेशले सोही ठाउँका ७० वर्षीया गौरीमाया तामाङको घाँटीको दाहिने भागमा सिक्कल प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । वृद्धा गौरीमाया राजेशकै घरमा उनकी दिदीसँग गफगाफ गरी बसिरहेकी थिएन । सोही बेला राजेशले उनीमाथि एक्कासि सिक्कल प्रहार गरेको स्थानीयले बताएका छन् । घटनाको कारण नखुलेपनि राजेशको मानसिक अवस्था ठिक नभएको…
झापा असार ९॥ प्रेमिकाले धोका दिएको भन्दै धनकुटा जिल्ला अस्पतालमा कार्यरत कर्मचारी अर्जुन मेहताले आत्महत्या गरेका छन । लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी युवतीले धोका दिएको भन्दै फेसबुकमा विरक्त पोखिरहेका उनले आफैंलाई समाप्त गरेपछि परिवारमा बज्रपात भएको छ । उनले तनावमा आएपछि पहिलो स्टाटस लेख्दै बिहेबारे पनि खुलाएका छन् । ‘म यसको टर्चरका कारण सकिन बस्न, मेरो र सुशीलाको बिहे सुशीलाकै परिवार मिलेर गोप्य रुपमा गराएको हो । बिहे गराएको केही दिनपछि सुशीला र यसको परिवार मिलेर बार्गेनिङ सुरु भयो । जुन बिहेको खर्च देऊ भनेर दबाब दिए । गाउँ समाजको परम्परा अनुसार बिहे गर्ने नत्र, जोर जबरजस्ती हुन्छ,…
दमक । झापाकाे दमकमा रतुवा खाेलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । दमक- १ हवल्दार चाेक बस्ने ५३ बर्षका माेहन रामदामलाई खाेलाले बगाउँदा मृत्यु भएकाे हाे । दमक-७ काे हाटखाेलाबाट खाेला तर्ने क्रममा रामदामलाई रतुवा खाेलाले बगाएकाे थियाे । उनलाई खाेलाले बगाउँदै गर्दा स्थानीयले उद्दार गरेका थिए । तर साे समयमा उनकाे मृत्यु भइसकेकाे अवस्थामा शव फेला परेकाे प्रहरीले जनाएकाे छ । रामदामकाे शवलाई कानुनी प्रक्रिया पुरा गरी पाेष्टमार्टमका लागि अस्पताल पठाइएकाे प्रहरीले जनाएकाे छ ।
पाँचथर। असार २।। पाँचथरको कुम्मायक गाउँपालिकामा निर्माणाधीन अस्पतालको छतबाट खसेर एक मजदुरको मृत्यु भएको छ। निर्माणाधीन अस्पतालको दोस्रो तलाबाट खस्दा इलामको माई नगरपालिका १ इलामका ३१ वर्षीय सुमन राईको ज्यान गएको हो। दोस्रो तलामा बस्दै आएका श्रमिक राईले मदिरा सेवन गरेका कारण लडेको हुनसक्ने प्रहरीको अनुमान छ। घट्ना स्थलको स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्तबहादुर भण्डारीले जानकारी दिनुभयो।
चितवन । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ जना व्यक्ति आएर करिब ३ केजी सुन, ३५ केजी चाँदी र २ लाख नगद लुटपाट गरेका हुन् । उनीहरुले पेस्तोल जस्तो वस्तु देखाएर सुनचाँदी र नगद लुटेर भागेको प्रहरीले जनाएको छ । लुटपाट गर्नेहरुले पसलमा रहेको सीसीटीभीको हार्डडिस्क पनि लगेका छन् । प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।