काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ । मतगणना अन्तिम चरणमा पुगेको समयमा समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार (बिहान ७ बजेसम्म) अहिलेसम्म एक करोड ७ लाख ३० हजार ५५१ मत गणना भएको छ । निर्वाचन आयोगले आज समानुपातिकको पनि मतगणना सम्पन्न हुने जानकारी दिएको छ । जसमा रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४७.९ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत अर्थात १६.३ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले…
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागी भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने संवैधानिक दायित्वअनुसार आयोग पूर्ण रूपमा क्रियाशील रहेको जानकारी दिएका छन् । आयोगका अनुसार यही फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुनेछ । मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका तथा अन्य सामग्री सबै मतदान केन्द्रमा पुर्याइसकिएको छ । मतदान केन्द्र निर्माण, व्यवस्थापन, पहुँचको व्यवस्था, लैंगिक तथा अपाङ्गमैत्री संरचना र कर्मचारी परिचालनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । मतदाताले निर्धक्क रूपमा आफूले चाहेको उम्मेदवार…
बारा । बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । आज दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्मलाई कर्फयू आदेश जारी गरिएको हो । एमाले नेता महेश बस्नेत आउने सूचनापछि विमानस्थल क्षेत्रमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । अवस्था थप तनावग्रस्त हुने भएपछि प्रशासनले कर्फ्यू जारी गरेको हो ।
बर्दिया- जिल्ला प्रशासन कार्यालय बर्दियाद्वारा पछिल्ला केही दिनयता जारी गरिएको कर्फ्यू हटाईएकाे छ । कर्फ्यू हटाई प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सदरमुकाम गुलरियाको केही क्षेत्रमा प्रत्येक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म आंशिक निषेधाज्ञा जारी गरेकाे हाे । यहि भदौ २३ गते गुलरिया बजार क्षेत्रमा उच्छृंखल समूहले सुरक्षाकर्मी र सरकारी कार्यालयमाथि गरेकाे आक्रमण र २४ गते जेन जेड (Gen-Z) समूहको देशव्यापी आन्दोलनका क्रममा गुलरिया नगरपालिका क्षेत्रमा आगजनी र तोडफोडका घटना भएकापछि कर्फ्यू लगाइएको थियो । जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षामा सहयोग पुर्याएकोमा जिल्लावासीप्रति धन्यवाद व्यक्त समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी विज्ञप्तिमा…
बर्दियाको बिभिन्न क्षेत्रमा केही व्यक्तिहरूको समूहले ताेडफाेड गरेपछि अनिश्चितकालीन कर्फ्यु जारी गरिएकाे छ । देश व्यापी रूपमा भाद्र २४ गते भएकाे जेनजी आन्दोलनकाे समर्थनमा सदरमुकाम गुलरिया सहित जिल्लाकाे विभिन्न पालिकामा र्याली निकालिएकाे थियाे । र्याली शान्तिपूर्ण ढंगले सम्पन्न भए पनि राति केही व्यक्तिहरूको समूहले गुलरिया नगरपालिका कार्यालय र संघीय सांसद संजय कुमार गौतमको घरमा तोडफोड र आगजनी गरेका थिए । स्थिति थप जटिल हुन नदिन जिल्ला प्रशासन कार्यालय बर्दियाले मंगलबार राती ११ : ०० बजे देखि अनिश्चितकालीन कर्फ्यु लगाएको हो । कर्फ्यु जारी भएपछि गुलरिया बजार र आवागमन ठप्प बनेको छ। सुरक्षा नियन्त्रणका लागि सशस्त्र प्रहरी बल र नेपाली सेनाले…
काठमाडौँ । काठमाडौँमा कर्फ्यु लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले सोमबार अपराहन्न १२:३० बजेदेखि रातीको १० बजेसम्म बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् । जिल्ला प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ । कर्फ्यु आदेश जारी भएका क्षेत्रमा बानेश्वर चोकदेखी पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखी पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर…
बर्दिया– दार्चुलाको लिपुलेक–लिम्पियाधुरालाई भारत र चीनले व्यापारिक नाकाको रूपमा सञ्चालन गर्न गरेको सहमति विरूद्व बर्दियाका क्रान्तिकारी दलहरूले संयुक्त आवाज उठाएका छन् । भारत र चीनबीच भदौ ३ गते सम्पन्न विदेश सचिवस्तरीय बैठकमा लिम्पियाधुरा–लिपुलेक क्षेत्रलाई व्यापारिक नाकाका रूपमा सञ्चालन गर्ने सहमति भएको समाचार सार्वजनिक भएपछि बर्दियाका क्रान्तिकारी दलहरूले निन्दनीय निर्णय भएको भन्दै सहमति खारेज गर्न संयुक्त आवाज उठाएका हुन् । बर्दियाबाट संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दलहरूले सो सहमति नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप भएको बताएका छन् । उनीहरूले लिम्पियाधुरा–लिपुलेक क्षेत्र ऐतिहासिक प्रमाण, आधिकारिक नक्सा र कागजात अनुसार नेपालकै भूमि भएको स्पष्ट प्रमाणित भएकोले भारत–चीन सहमति निन्दनीय भएको विज्ञप्तिमा…
बर्दिया – भारतबाट सञ्चालित अनलाइन ठगी प्रकरणमा बर्दियाका तीन जना युवाहरूलाई इलाका प्रहरी कार्यालय ढोढरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत उपहार पठाइदिने प्रलोभन देखाई भन्सार शुल्क र अन्य नाममा रकम असुल्ने कार्यमा उनीहरू संलग्न रहेको आरोपमा मधुवन नपा, ढोढरी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको बारबर्दिया न.पा. ६ को जगतराम थारू, बारबर्दिया न.पा. ११ को बिर बहादुर सुनार र मुख्य अभियुक्त बारबर्दिया न.पा. ११ कै बिनामिन बि.क. रहेका छन् । भारतीय नम्बर +918160182882 बाट २०८२ असार ३२ गतेदेखि साउन २ गतेसम्म मधुवन नपाको एक महिलालाई निरन्तर भिडियो कलमार्फत ‘तपाईँको नाममा महँगा सुनका गहना उपहार आएको छ, तर…
बर्दिया — सशस्त्र प्रहरीले बर्दियामा ठूलो मात्राको अवैध विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) नियन्त्रणमा लिएको छ । जिल्लाको मधुवन नगरपालिका–५, गाउँ नं. १० फुलाराम चोकबाट भारततर्फ तस्करी हुँदै गरेको ४८ लाख रुपैयाँ बराबरको १ हजार ९ सय २० थान विद्युतीय चुरोट सशस्त्र प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको नेतृत्वमा खटिएको गस्ती टोलीले उक्त सामान नियन्त्रणमा लिएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाहीले जानकारी गराउनुभयो । उहाँले ‘स्पेशम्यान एसपी चालिस हजार’ सो विद्युतीय चुरोटको नाम रहेको बताउँदै प्रति थान २ हजार ५ सय रुपैयाँ बजार…
बर्दिया — विद्यालय शिक्षा विधेयक विरुद्ध निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) बर्दियाले जिल्लाको सदरमुकाम गुलरियामा विरोध प्रदर्शन गरेको छ । प्याब्सनले विद्यालय शिक्षा विधेयक २०८० का केही प्रावधानहरू विभेदकारी भएको भन्दै त्यसमा आवश्यक संशोधनको माग सहित विरोध प्रदर्शन गरेको हो । प्याब्सनद्वारा आयोजित विरोध र्यालीले जिल्ला प्रशासन कार्यालय हुँदै गुलरिया बजार परिक्रमा गरेको छ । र्यालीमा सहभागीहरुले ‘गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिवद्धता’, ‘शिक्षा ऐन संशोधन गर’, ‘निजी विद्यालय बन्द गर्ने नीति खारेज गर’ जस्ता नारा लगाएका थिए । प्याब्सनका पदाधिकारीहरुले सङ्घीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको व्यवस्था विरुद्ध शान्तिपूर्ण रुपमा विरोध गर्न बाध्य भएको बताएका छन्…