बर्दिया- जिल्ला प्रशासन कार्यालय बर्दियाद्वारा पछिल्ला केही दिनयता जारी गरिएको कर्फ्यू हटाईएकाे छ । कर्फ्यू हटाई प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सदरमुकाम गुलरियाको केही क्षेत्रमा प्रत्येक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म आंशिक निषेधाज्ञा जारी गरेकाे हाे । यहि भदौ २३ गते गुलरिया बजार क्षेत्रमा उच्छृंखल समूहले सुरक्षाकर्मी र सरकारी कार्यालयमाथि गरेकाे आक्रमण र २४ गते जेन जेड (Gen-Z) समूहको देशव्यापी आन्दोलनका क्रममा गुलरिया नगरपालिका क्षेत्रमा आगजनी र तोडफोडका घटना भएकापछि कर्फ्यू लगाइएको थियो । जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षामा सहयोग पुर्याएकोमा जिल्लावासीप्रति धन्यवाद व्यक्त समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी विज्ञप्तिमा…

बर्दियाको बिभिन्न क्षेत्रमा केही व्यक्तिहरूको समूहले ताेडफाेड गरेपछि अनिश्चितकालीन कर्फ्यु जारी गरिएकाे छ । देश व्यापी रूपमा भाद्र २४ गते भएकाे जेनजी आन्दोलनकाे समर्थनमा सदरमुकाम गुलरिया सहित जिल्लाकाे विभिन्न पालिकामा र्याली निकालिएकाे थियाे । र्याली शान्तिपूर्ण ढंगले सम्पन्न भए पनि राति केही व्यक्तिहरूको समूहले गुलरिया नगरपालिका कार्यालय र संघीय सांसद संजय कुमार गौतमको घरमा तोडफोड र आगजनी गरेका थिए । स्थिति थप जटिल हुन नदिन जिल्ला प्रशासन कार्यालय बर्दियाले मंगलबार राती ११ : ०० बजे देखि अनिश्चितकालीन कर्फ्यु लगाएको हो । कर्फ्यु जारी भएपछि गुलरिया बजार र आवागमन ठप्प बनेको छ। सुरक्षा नियन्त्रणका लागि सशस्त्र प्रहरी बल र नेपाली सेनाले…

काठमाडौँ । काठमाडौँमा कर्फ्यु लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले सोमबार अपराहन्न १२:३० बजेदेखि रातीको १० बजेसम्म बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् । जिल्ला प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ । कर्फ्यु आदेश जारी भएका क्षेत्रमा बानेश्वर चोकदेखी पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखी पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर…

बर्दिया– दार्चुलाको लिपुलेक–लिम्पियाधुरालाई भारत र चीनले व्यापारिक नाकाको रूपमा सञ्चालन गर्न गरेको सहमति विरूद्व बर्दियाका क्रान्तिकारी दलहरूले संयुक्त आवाज उठाएका छन् । भारत र चीनबीच भदौ ३ गते सम्पन्न विदेश सचिवस्तरीय बैठकमा लिम्पियाधुरा–लिपुलेक क्षेत्रलाई व्यापारिक नाकाका रूपमा सञ्चालन गर्ने सहमति भएको समाचार सार्वजनिक भएपछि बर्दियाका क्रान्तिकारी दलहरूले निन्दनीय निर्णय भएको भन्दै सहमति खारेज गर्न संयुक्त आवाज उठाएका हुन् । बर्दियाबाट संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दलहरूले सो सहमति नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप भएको बताएका छन् । उनीहरूले लिम्पियाधुरा–लिपुलेक क्षेत्र ऐतिहासिक प्रमाण, आधिकारिक नक्सा र कागजात अनुसार नेपालकै भूमि भएको स्पष्ट प्रमाणित भएकोले भारत–चीन सहमति निन्दनीय भएको विज्ञप्तिमा…

बर्दिया – भारतबाट सञ्चालित अनलाइन ठगी प्रकरणमा बर्दियाका तीन जना युवाहरूलाई इलाका प्रहरी कार्यालय ढोढरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत उपहार पठाइदिने प्रलोभन देखाई भन्सार शुल्क र अन्य नाममा रकम असुल्ने कार्यमा उनीहरू संलग्न रहेको आरोपमा मधुवन नपा, ढोढरी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको बारबर्दिया न.पा. ६ को जगतराम थारू, बारबर्दिया न.पा. ११ को बिर बहादुर सुनार र मुख्य अभियुक्त बारबर्दिया न.पा. ११ कै बिनामिन बि.क. रहेका छन् । भारतीय नम्बर +918160182882 बाट २०८२ असार ३२ गतेदेखि साउन २ गतेसम्म मधुवन नपाको एक महिलालाई निरन्तर भिडियो कलमार्फत ‘तपाईँको नाममा महँगा सुनका गहना उपहार आएको छ, तर…

बर्दिया — सशस्त्र प्रहरीले बर्दियामा ठूलो मात्राको अवैध विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) नियन्त्रणमा लिएको छ । जिल्लाको मधुवन नगरपालिका–५, गाउँ नं. १० फुलाराम चोकबाट भारततर्फ तस्करी हुँदै गरेको ४८ लाख रुपैयाँ बराबरको १ हजार ९ सय २० थान विद्युतीय चुरोट सशस्त्र प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको नेतृत्वमा खटिएको गस्ती टोलीले उक्त सामान नियन्त्रणमा लिएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाहीले जानकारी गराउनुभयो । उहाँले ‘स्पेशम्यान एसपी चालिस हजार’ सो विद्युतीय चुरोटको नाम रहेको बताउँदै प्रति थान २ हजार ५ सय रुपैयाँ बजार…

बर्दिया — विद्यालय शिक्षा विधेयक विरुद्ध निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) बर्दियाले जिल्लाको सदरमुकाम गुलरियामा विरोध प्रदर्शन गरेको छ । प्याब्सनले विद्यालय शिक्षा विधेयक २०८० का केही प्रावधानहरू विभेदकारी भएको भन्दै त्यसमा आवश्यक संशोधनको माग सहित विरोध प्रदर्शन गरेको हो । प्याब्सनद्वारा आयोजित विरोध र्यालीले जिल्ला प्रशासन कार्यालय हुँदै गुलरिया बजार परिक्रमा गरेको छ । र्यालीमा सहभागीहरुले ‘गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिवद्धता’, ‘शिक्षा ऐन संशोधन गर’, ‘निजी विद्यालय बन्द गर्ने नीति खारेज गर’ जस्ता नारा लगाएका थिए । प्याब्सनका पदाधिकारीहरुले सङ्घीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको व्यवस्था विरुद्ध शान्तिपूर्ण रुपमा विरोध गर्न बाध्य भएको बताएका छन्…

बर्दिया– बर्दियामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगद र तास सहित १० जनालाई नियन्त्रणमा लिएको छ । बर्दियाको बाँसगढी वडा नं.३ शान्तिपुर स्थित खिम बहादुर महतको घरबाट प्रहरीले ५४ हजार ३ सय १५ रूपैयाँ र २ गड्डी तास सहित १० जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत रहेको इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटि गएका प्रहरी टोलीले गोप्य सूचनाका आधारमा राति १२ः१५ बजे छापा मार्दा निज महतको घरबाट नगद, तास र ५ थान मोबाइल फोन बरामद गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र बहादुर डमरपाल जानकारी दिनुभयो । उहाँले पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालय बर्दियाबाट ७ (सात) दिनको म्याद…

बर्दिया– नेपाल पूर्व प्रहरी दिवसको अवसरमा बर्दियाको गुलरियामा मन्दिर सरसफाई र वृक्षारोपण कार्यक्रम गरिएको छ । नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति बर्दियाले गुलरिया–५ स्थित सन्तोषी माताको मन्दिरमा उक्त कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको नेतृत्वमा १५ जना प्रहरी कर्मचारी सहभागी भई मन्दिर परिसर सफा गर्नुका साथै विभिन्न जातका फलफुलका विरुवा रोपिएका थिए । स्थानीयवासीले प्रहरी तथा पूर्व प्रहरी संगठनले अघि सारेको यस पहलले धार्मिक स्थलको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुगेको बताएका छन् । यस किसिमका कार्यक्रमले समुदायमा सरसफाई र हरियाली संरक्षणको महत्वलाई बढावा दिने विश्वास…

बर्दिया — बर्दियाको गुलरिया नगरपालिका वडा नं. १२, भैसाहीमा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शुक्रबार बेलुकी खेतमा धान गोड्न गएकी ४५ वर्षीया जगतरानी थारु शनिबार बिहान खेत नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी हुन् । घटनापछि स्थानीयबासीले गुलरिया बजारमा ¥याली प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियालाई बाघ नियन्त्रणमा लिन र अब यस किसिमको घटना नदोहरिने सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्ने लगायतका माग गरेका छन् । घटनास्थलमा मृतकको साइकल, घाँस भएको बोरा, फरुवा र हँसिया फेला परेको थियो । त्यहाँ चितुवाको पञ्जाको छाप र रगतको टाटो पनि देखिएको थियो । स्थानीय सुरज चौधरीले मृतकको शरीर टाउको अलग भएको अवस्थामा…