महोत्तरीमा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा महोत्तरीमा स्थानीयले सशस्त्र प्रहरीको कार्यालय घेरेका छन्। शुक्रबार बिहान मन्दिरमा पूजा गर्न गएकी बालिकालाई रेल्वेट्र्याक सुरक्षा पोस्टमा कार्यरत सई धर्मेन्द्रसिंह महतोले बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको स्थानीयको आरोप छ। सईले हप्काउँदै जबर्जस्ती करणीको प्रयास गरेको भन्दै बालिका चिच्याएपछि स्थानीय भेला भएका थिए। अहिले सई महतोलाई सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइसकेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। नेपाल प्रहरीले भने पीडित पक्षको जाहेरी प्राप्त भइनसकेको बताएको छ। जाहेरी आएपछि थप कारबााही अगाडि बढाइने महोत्तरी प्रहरीले जनाएको छ।
सिरहा। सिरहाको गोलबजारबाट लागुऔषध काराेबार गरेकाे आराेपमा एक युवती र एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहाको औरही गाउँपालिका वडा नम्बर २ बनिनिया निवासी इसराफिल राइनकी ३० वर्षीया श्रीमती नगिरा खातुन र सिराहाकै गोलबजार वडा नम्बर ७, चोहर्बा घर भएका १८ वर्षीय राजन जयसवाल रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। खातुनले गोलबजार नगरपालिका वडा नम्बर ४ मा सञ्चालन गरेको ‘हाइवे होटल’ बाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी विरेन्द्रकुमार पासवानले बताएका छन् । प्रहरीले शंका लागेर होटलमा खानतलासी गर्दा होटलबाट ठूलो परिमाणमा खैरो हेरोइन बरामद भएको प्रहरीको भनाइ छ । होटलमा छापा मार्दा बेसिनमा लुकाएर राखिएको अवस्थामा…
बिर्तामोड । अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब दीपक सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्य शाखाकै मातहतमा कार्यरत एक महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको आरोप सापकोटामाथि छ । बिहीबार शिवसताक्षी–१० दोमुखाको एक होटलमा ती महिलाका श्रीमानले स्वास्थ्यकर्मी सापकोटा र महिलालाई फेला पारेका थिए । उनले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली उक्त स्थानमा पुगेको थियो । प्रहरीले सापकोटा र ति महिलालाई होटलबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यलय झिलझिलेमा राखेको छ । घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय झिलझिले लगिएको माईधार प्रहरी पोष्टका इन्चार्ज मनपुर चौधरीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको इलाका…
झापा माघ ३ ।। कञ्चनपुरमा एक महिलाले बिमाको रकमका लागि भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको अनुसन्धानबाट खुलेकाे छ । गत १३ मंसिरमा कञ्चनपुरकाे बेलौरी नगरपालिका- ६ भूराकोटका ४९ वर्षीय सियाराम राना आफ्नै घरमा मृत भेटिएका थिए । रानाको मृत्यु नभएर हत्या गरिएको आशंकापछि प्रहरीले मंसिर १४ गते उनकी श्रीमती जनककुमारी रानालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । सो क्रममा जनककुमारीले सियारामको बिमा रकम हत्याउने उद्देश्यले भारतीयसँग मिलेर योजनाबद्ध रुपमा हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । रानाको हत्यामा भारतीय नागरिकको संलग्नता देखिएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, लक्खिमपुर खीरी जिल्ला, सम्पूर्णानगर…
झापा ।। सल्यानमा आफ्नै आमाले दुई नाबालिका छोरीको हत्या गरेकी छिन् नाबालिका घरभित्रै मृत भेटिएको प्रकरणमा प्रहरीले आमालाई पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका- ११ गलगौल (सिस्नेपातल) का ३ वर्षीया करिश्मा राना र ६ महिने नाबालिका राघवी राना मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले बताए । बुधबार बिहान ती दिदीबहिनीसँगै आमा पूर्णिमा राना पनि घरमै थिइन् । यही प्रकरणमा प्रहरीले आमालाई हिरासतमा लिएको हो। दुई छोरीका बुवा टेकमान राना कामका लागि नुवाकोटमा थिए । घटना शंकास्पद देखिएपछि प्रहरीले आमा पूर्णिमालाई नियन्त्रणमा लिएको थियो । दुई छोरी हत्या आरोपमा नियन्त्रणमा लिएपछि प्रहरीले पूर्णिमासँग सोधपुछ गरेको…
सर्लाही । सर्लाहीको हरिवनमा छ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको प्रहरीले जनाएको छ । उखुबारीमा गाडेको अवस्थामा फेला परेको शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । मृतक प्रसाईं गत पुस १५ गतेदेखि बेपत्ता भएका थिए । पुस १५ गते बिहान बरहथवा पैसा लिन जान्छु भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेका थिए । कतै फेला नपरेपछि पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय…
बिर्तामोड पुस ११।। मोरङको जहदा गाउँपालिकामा सामुहिक बलात्कारको घटनामा संग्लग्न भएको आरोपमा नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिकाकी अर्धचेत अवस्थामा फेला परेकी २२ वर्षीया महिलाको बलात्कार भएको खुलासा भएको छ । सांकेतिक नाम (०८१ बिराटनगर ६३) दुबै हात खुट्टा कपडाले बाँधेको र मुखमा समेत कपडा कोची अर्धचेत अवस्थामा रहेको भनि स्थानीयबाट खबर प्राप्त हुने बित्तकै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोली जाँदा उक्त स्थानमा निज अर्ध बेहोस अवस्थामा प्रहरी उद्धार गरी बिराटनगरस्थित कोशी अस्पताल लागेको थियो । सोहि घटना संग्लन भएको आरोपमा कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार…
बिर्तामोड मंसिर २४ ।। आफ्नै घरमा काम गर्न राखिएकी १७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका – ५ स्थित आफ्नै घरमा घरेलु कामदार राखेर पटकपटक करणी गरेको आरोप शिवाकोटीमाथि लागेको छ । बालिकाको जाहेरीपछि प्रहरीले आज शिवाकोटीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार पीडित किशोरीका बुबा छैनन । आमा भारतमा छन् । आमाले पनि दोस्रो विवाह गरेपछि शिवाकोटीले घरको काम गर्ने र पढाउने भन्दै आफ्नो घरमा ल्याएका थिए । उनी प्राविधिक…
झापा मंसिर । झापाको झापा गाउँपालिका-६ पुष्पाञ्जली टोलमा र्वर्ष ८३ की वृद्धा फुलमाया मुर्मुको हत्या गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गाउँपालिका-७ का २८ बर्षीय अजय यादव र २४ बर्षीय अशोक यादव रहेको प्रहरीले जनाएको छ । मंसिर २२ गते दिउँसो करिब ४:३० बजे फुलमाया मुर्मु आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीका अनुसार उनको टाउको र चिउडोमा फरुवा र कलको हेनडलले प्रहार गरी हत्या गरिएको थियो। घटनास्थलमा कर्तव्य गरी मार्न प्रयोग भएका कलको ह्याण्डिल र फरुवा बरामद गरिएको छ। मोबाइल चोर्ने उद्देश्यले वृद्धाको हत्या गरिएको प्रहरीले जनाएको छ। वृद्धाको हत्यापछि चोरी…