Skip to main content

Babai News

लागुऔषध कारोबारमा संलग्न एक महिला सहि एक पुरुष पक्राउ ।

Advertisement

सिरहा। 

सिरहाको गोलबजारबाट लागुऔषध काराेबार गरेकाे आराेपमा एक युवती र एक किशोर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिराहाको औरही गाउँपालिका वडा नम्बर  २ बनिनिया निवासी इसराफिल राइनकी ३० वर्षीया श्रीमती नगिरा खातुन र सिराहाकै गोलबजार वडा नम्बर ७, चोहर्बा घर भएका १८ वर्षीय राजन जयसवाल रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

खातुनले गोलबजार नगरपालिका वडा नम्बर ४ मा सञ्चालन गरेको ‘हाइवे होटल’ बाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी विरेन्द्रकुमार पासवानले बताएका छन् ।

प्रहरीले शंका लागेर होटलमा  खानतलासी गर्दा होटलबाट ठूलो परिमाणमा खैरो हेरोइन बरामद भएको प्रहरीको भनाइ छ ।

होटलमा छापा मार्दा बेसिनमा लुकाएर राखिएको अवस्थामा पहेँलो प्लास्टिकको पोकामा १७ वटा कालो प्लास्टिकको पोकामा खैरो हिरोइन फेला परेको पासवानले जानकारी दिए ।

बरामद खैरो हेरोइनको औषधको तौल प्लास्टिकसहित १ ग्राम ७ सय ३० ग्राम रहेको छ। सोही होटलबो बाहिरबाट पक्राउ परेका १८ वर्षीय राजन जयसवालको साथबाट १ सय ५० मिलिग्राम तौल भएको खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको डिएसपी पासवानले बताए।

उनीहरुलाई प्रहरीले सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...