Babai News

गाईभैँसीमा लाग्ने सरुवा रोग खोरेत विरुद्धको भ्याक्सिन लगाउन सुरु

गाईभैँसीमा लाग्ने सरुवा रोग खोरेत विरुद्धको भ्याक्सिन लगाउन सुरु

गाईभैँसीमा लाग्ने सरुवा रोग खोरेत विरुद्धको भ्याक्सिन लगाउन सुरु

  बिर्तामोड, १५ पुस : बिर्तामोड नगरपालिकाले गाई, भैंसीमा लाग्ने सरुवा रोग खोरेत विरुद्दको भ्याक्सिन लगाउने कार्यलाई तिब्रता दिएको छ । यस रोगबाट कृषकलाइ कुनैपनि प्रकारको क्षति नहोस् भन्ने उदेश्यले नगरपालिकाले सबै वडामा पुगेर निशुल्क रुपमा भ्याक्सिन लगाउने कार्य गरिरहेको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख डाक्टर नगेन्द्र खड्काले जानकारी दिनु भयो । वडा नम्बर ६ र ७ मा सम्पन्न गरेर अहिले वडा नम्बर ९मा सञ्चालन भईरहेको जनाईएको छ । शाखा प्रमुख डा. खड्काका अनुसार वडा नम्बर ६ मा ८५०, वडा नम्बर ७ मा २ हजार १२० र वडा नम्बर ९ मा आईतबार सम्ममा १ हजार ६० भ्याक्सिन लगाइएको छ…
Read More
इलाममा ब्लेडले आफ्नै घाँटी रेटेर  महिलाले गरिन्आत्महत्या

इलाममा ब्लेडले आफ्नै घाँटी रेटेर महिलाले गरिन्आत्महत्या

  बिर्तामोड पुस १४ । इलाममा ब्लेडले आफ्नै घाँटी रेटेर एकजना महिलाले आत्महत्या गरेकी छन् । इलाम माई नगरपालिका वडा नं २ डाँडागाउँ बस्ने शेरबहादुर लिम्बूकी श्रीमती अन्दाजी ४६ वर्षीया गोमा लिम्बूले  आज बिहान ११ बजे ब्लेडले आफ्नै घाँटी रेटेर आत्महत्या गरेकी हुन् । ब्लेडले घाँटी रेटेर घाइते अवस्थामा रहेकी उनलाई उपचारको लागि अस्पताल पठाउने तयारी गर्दैगर्दा घरमा नै उनको मृत्यु भएको स्थानियले जनाएका छन । उनले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन । उनी जण्डिसको बिरामी थिइन । दिउँसो ३ः५० बजे प्रहरी चौकी दानाबारीमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी…
Read More
विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या  एक सय ६७  पुग्यो

विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या  एक सय ६७  पुग्यो

  दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या  एक सय ६७  पुगेको छ । एक सय ८१ जना चढेको विमान दुर्घटना भएकोमा अहिलेसम्म एक सय ६७ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । दुई जनाको जीवितै उद्वार भएको छ । एक सय ७५ जना यात्रु र चालक दलका ६ सदस्य बोकेको जिजु एअरको विमान थाइल्यान्डको बैंककबाट फर्कँदै गर्दा अवतरणका क्रममा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो । एक सय ७५ जना यात्रुमध्ये एक सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्यान्डका नागरिक रहेका बीबीसीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन तर…
Read More
बिर्तामोड ६ सुगम शान्ति टोलमा  सडक स्तरोन्नति कार्य धमाघम

बिर्तामोड ६ सुगम शान्ति टोलमा सडक स्तरोन्नति कार्य धमाघम

  बिर्तामोड, १३ पुस : बिर्तामोड नगरपालिका वडा नम्बर ६ सुगम शान्ति टोलस्थित रोड नम्बर ५ को सडक स्तरोन्नति कार्य धमाघम भईरहेको छ । नगरपालिकाको १० लाख र स्थानीय उपभोक्ताको २ लाख ४८ हजार ८७५ रुपैयाँ लागत साझेदारी गरी कुल १२ लाख ४८ हजार ८७५ रुपैयाँमा १ सय मिटर लम्बाई र १६ फुट चौडाई ( प्लमको भाग बाहेक) सडकको स्तरोन्नति कार्य भईरहेको हो । सडकको दुबै तर्फ प्लम निर्माण कार्य सम्पन्न भएको छ । अबको एक हप्ता पछि पेवर्स लगाउने कार्य सुरु हुने उपभोक्ता समितिका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिनु भयो । सडकको निर्माण सम्पन्न गर्नु पर्ने अन्तिम म्याद आगामी…
Read More
दक्षिण कोरियामा विमान दुर्घटना  २८ जनाको मृत्यु  

दक्षिण कोरियामा विमान दुर्घटना २८ जनाको मृत्यु  

  एजेन्सी ।।    दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु  भएको छ । विमान दुर्घटना स्थानीय समयअनुसार ९ बजेर ७ मिनेटमा भएको हो। बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर बारमा ठोक्किएको थियो। विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए। विमानमा सवार १८१ जनामध्ये २८ जनाको ज्यान गएको हो। योनहाप न्युज एजेन्सीले मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाएको छ । त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएर दुर्घटना भएको थियो।
Read More
प्रेस सेन्टर झापा अध्यक्षमा खड्का।

प्रेस सेन्टर झापा अध्यक्षमा खड्का।

  बिर्तामोड । प्रेस सेन्टर नेपालको १० औं झापा जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज तिवारीको नाम सर्वसम्मत चयन गरेको हो । त्यसैगरी टिकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ सदस्यमा चयन गरिएको छ। समिति पछि २ सदस्यीय थप गर्ने गरी ११ सदस्यीय समिति चयन गरेको हो। अधिवेशनले डण्डिराज घिमिरे र झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरेको छ । कार्यक्रममा पत्रकार राजन साम्पाङ प्रेस सेन्टर नेपालमा प्रवेश गरेको छन् । साम्पाङलाई प्रमुख…
Read More
चिलिङदिनमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

चिलिङदिनमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

  पाँचथर पुस १० ।।  पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं ४ चिलिङदिन बरडाँडामा उधौलीपर्व चासोक तङनामको अवसरमा आयोजित खुल्ला भलिबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ पूर्वका चर्चित ९ वटा भलिबल टिमहरू सहभागी भएको खेलमा फाइनल प्रतिस्पर्धी पूर्व क्षेत्रीय प्रहरी टिम रानी विराटनगरलाई अन्तिम सेटमा पछि पार्दै आयोजकले उपाधि जितेको हो। उपाधिसँगै आयोजकले नगद ५५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता पुलिस टिमले नगद ३५ हजार ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायो अत्यन्तै रोचक बनेको फाइनल खेलमा दुवै टोलीले दुईदुई सेट जितेपछि अन्तिम सेटमा पुलिसलाई १५-१३ ले पछि पार्दै आयोजक च्याम्पियन भएको हो। सेमिफाइनलमा अर्को बलियो टोली pyc…
Read More
चर्च ब्वाइज युनाइटेड फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश

चर्च ब्वाइज युनाइटेड फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश

  पाँचथर पुस १२।।   झापाकपको उपाधि जितेको एक साता न भाबित्दै चर्च ब्वाइज क्लब पाँचथरको फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो । खेलमा सुरुवाती अग्रता भने आयोजक फिदिम स्पोर्टिङ क्लबले लिएको थियो । खेलको ४३औँ मिनेटमा दिनेश शेर्माले गोल गर्दै फिदिम स्पोर्टिङलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, आयोजक क्लबले अग्रतालाई धेरै समय टिकाउन सकेन । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए । पहिलो हाफ १-१…
Read More
सामुहिक बलात्कारको घटनामा संग्लग्न भएका आरोपमा तीन जना पक्राउ

सामुहिक बलात्कारको घटनामा संग्लग्न भएका आरोपमा तीन जना पक्राउ

  बिर्तामोड पुस ११।।  मोरङको जहदा गाउँपालिकामा सामुहिक बलात्कारको घटनामा संग्लग्न भएको आरोपमा नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिकाकी अर्धचेत अवस्थामा फेला परेकी २२ वर्षीया महिलाको बलात्कार भएको खुलासा भएको छ । सांकेतिक नाम (०८१ बिराटनगर ६३) दुबै हात खुट्टा कपडाले बाँधेको र मुखमा समेत कपडा कोची अर्धचेत अवस्थामा रहेको भनि स्थानीयबाट खबर प्राप्त हुने बित्तकै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोली जाँदा उक्त स्थानमा निज अर्ध बेहोस  अवस्थामा प्रहरी उद्धार गरी बिराटनगरस्थित कोशी अस्पताल लागेको थियो । सोहि घटना संग्लन भएको आरोपमा कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार…
Read More
इसाई धर्मावलम्बीले  आज क्रिसमस डे मनाउँदै

इसाई धर्मावलम्बीले  आज क्रिसमस डे मनाउँदै

  इसाई धर्मावलम्बीले  आज क्रिसमस डे मनाउँदैछन्। अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन्। दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ। येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ। ‘ख्रिष्टमस’ पनि भनिने यो दिनमायेशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ। क्रिसमसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
Read More