राजापुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुलको शिलान्याश गरेका छन् । बर्दियाका राजापुर नगरपालिका—१ दौलतपुर र कैलालीको टीकापुर नगरपालिका—५ टीकापुर पार्कसँग जोड्ने कर्णाली नदीस्थित दौलतपुरघाट झोलुङ्गे पुलको बुधबार शिलान्यास गरेका हुन् । शहरी विकास मन्त्रालय मातहत रहेको स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत सस्पेन्स बृज डिभिजनमार्फत निर्माण हुने पुलको लम्बाइ ४८२.२० र चौडाइ १.६० मिटर रहेको छ । पुल निर्माणबाट दौलतपुर र टीकापुर क्षेत्र दुवैतर्फका करिब २ हजार घरधुरी लाभान्वित हुनेछन् । पुलको मध्य भागमा फोटो खिच्न मिल्ने गरी आवश्यक संरचना पनि…
सोलुखुम्बु । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी छोड्ने लहर शुरु भएको छ । यसैबीच सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउपालिका २ का प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले पार्टी छोडेको घोषणा गरेका छन् । पार्टी छोड्न एमालेका जिल्ला कमिटीका सदस्य, गाउँपालिका उपाध्यक्षलगायतका नेताहरु छन् भने काँग्रेसका क्षेत्रीय सभापति र क्रियाशील सदस्यहरु रहेका छन् । त्यस्तै माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र अन्य सदस्यहरुले संयुक्त रुपमा पार्टी छोडेको घोषणा गरेका हुन् । उनीहरुले कांग्रेस-एमालेको गठबन्धन सरकारले जेनजी आन्दोलनका क्रममा युवाहरुहरुलाई कठोर र निर्मम रुपमा गोली हानी हत्या गरेको भन्दै संयुक्त रुपमा पार्टी छोडेको घोषणा…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जीनपीङसँग भेटवार्ता भएको छ । चीनको थियानजिनमा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सी जीनपीङसहितको प्रतिनिधिमण्डलबीच द्विपक्षिय भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आजै चीनको थियानजिन शहरमा पुगेका हुन् ।
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको शुभकामना दिदै लिपुलेक बारे चीनलाई सम्झाउन नबिर्सिन आग्रह गरेका छन् । बालेनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको उल्लेख गर्दै लिपुलेक हाम्रै भएको चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका हुन् । बालेनले भनेका छन्: चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । अल द बेस्ट हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।
काठमाडौँ । प्रतिनिधि सभामा लिपुलेकको विषयमा भएको भारत र चीनबीच भएको सहमतिको विषय जोडदार रुपमा उठेको छ ।प्रतिनिधि सभाको आजको बैठक बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले लिपुलेकको विषयमा भएको भारत-चीनबीचको सहमतिको विरोध गरेका छन् ।एमाले मुख्य सचेतक बर्तौलाले नेपाललाई जानकारी नदिएर भएको यो सहमतिको विरोध गर्दै यस विषयमा ठोस पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले लिपुलेकको विषयमा सबै राजनीतिक दल एक ठाउमा आउनुपर्ने बताउदै यस विषयमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।त्यस्तै माओवादी केन्द्रका सांसद पूर्ण बहदुर घर्ति, एमाले सांसद ठाकुर गैरेले…
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पत्नी रन्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएका छन् । रेशम पक्षको बैठकले बुधवार साँझ रन्जितालाई हटाउने निर्णय गरेको नाउपाका महासचिव ठाकुरसिंह थारुले बताए । पार्टीका अनुसार अध्यक्ष श्रेष्ठले विधान विपरीत ढंगले कार्यवाहक अध्यक्ष तोकेको भन्दै उनलाई पदमुक्त गरिएको हो । पोखराको चर्चित लिचीबारी घुसकाण्डमा मुछिएपछि उनले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेको विषयमा पार्टीभित्र तीव्र असन्तोष देखिएको थियो ।
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक समयमा उनले साउदी अरबको जुवेल सहरमा सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि सो कम्पनीमा कार्यरत चार सय ६९ जना नेपाली अलपत्र परेकाले तत्काल उद्धार र सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । “रोजगारदाता कम्पनी बन्द हुँदा कामविहीन भएका चार सय ६९ मध्ये दुई सय २६ जनाले नेपाल फर्कन चाहेका छन् । त्यहाँको दूतावासमा सम्पर्क गरेर उनीहरू नेपाल फर्कन चोहका बताएका छन्” सांसद बर्तौलाले भने, “रोजगारविहीन भएकामध्ये दुई सय ४३…
काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक बुधबार पनि बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, बैठकमा आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा साँझ ६ बजेका लागि बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा सरकारका नियमित कामकाजसँगै सचिव बढुवादेखि गभर्नर सिफारिस समिति पुनर्गठनलगायतका विषयमा निर्णय हुने बताइएको छ। आजको बैठकले केही संवैधानिक पदमा नियुक्ति गर्न सक्ने प्रशासन विशेष स्रोतले जानकारी दिएको छ । त्यस्तै, गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएपछि नयाँ सदस्य थप्न लागिएको छ। पौडेल आफैँ गभर्नर बन्न राजीनामा दिएका हुन्। उनीविरुद्ध सर्वोच्चमा रिट परेको छ।
काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।गत चैत्र १५ गतेको तिनकुने घट्नामा मिश्र र प्रसाईंलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । मिश्र तिनकुने घट्ना भएकै दिन चैत्र १५ गते राति पक्राउ परेका थिए । उनी हिरासतमा बसेको आज ४६ दिन पूरा भएको छ । तर, प्रसाईं भने निकै पछि भारतबाट पक्राउ परेका हुन् । मिश्रको परिवारले आजमात्रै गैरकानूनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट समेत दायर गरेको छ ।