काठमाडौं भाद्र १९।। प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले विश्वका कुनैपनि ठाउँमा रहेर मतदान प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरकारले काम गरिरहेको बताउनु भएको छ। दक्षिण एशियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनको बुधवार काठमाडौंमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । हिमाल पग्लिनुका साथै समुद्रको तापक्रम बढ्दा जलवायु परिवर्तनमा पर्ने प्रतिकूल असरले मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अंगका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने र सोहीअनुसारको उचित वातावरण बनाउन सरकारले प्रयास गरिरहेको बताउनुभयो ।…
पश्चिम बङ्गाल भारत।। भारतीय राज्य पश्चिम बङ्गालले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ ।एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको हो । अगस्ट ९ मा स्थानीय राजधानी कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि पश्चिम बङ्गालमा विरोध प्रदर्शन सुरु भएको थियो । राज्य विधानसभाले पारित गरेको तर राष्ट्रपतिबाट अनुमोदन हुन बाँकी उक्त कानूनले महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दाप्रति आक्रोश व्यक्त गरेको छ । भारतको फौजदारी संहिता मुलुकभर समान रूपमा लागू हुने भएकाले पश्चिम बङ्गालको यो नयाँ कानून धेरै हदसम्म…
दमक ।। गोठबाट हराएको गाई काटिएको अवस्था फेला परेको छ । दमक नगरपालिका वडा नम्वर २ बस्ने ६७ वर्षीय लक्ष्मण बिष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गएराति गाई चोरेर लगेर हत्या गरिएको हो । गोठबाट अकलापुरी ग्रिन सिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट १०० मिटरको दूरीमा गाईलाई मारिएको छ । गाईको छाला तासेर मासु लगिएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । विष्टको कोरली गाई कुशल पौडेलको घर अगाडि लगेर काटेको दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाले जानकारी दिए।
इलाम । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ। बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए। गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेयता उडान हुन सकेको छैन। त्यस्तै गत जेठ १७ गते काठमाडौँबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ नै फर्केको थियो। गत बिहीबार पनि उडान गर्ने भनिए पनि यात्रु नभएपछि उडान हुन सकेको थिएन। इन्चार्ज सुन्दासले मौसममा सुधार नआउन्जेलसम्म उडान नहुने जानकारी दिँदै साताको प्रत्येक बिहीबार उडान गर्ने योजना रहेको…
बिर्तामाेड । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका २ नाबालिकाकी आमालाई बिर्तामाेडबाट प्रहरीले पक्राउ गरेकाे छ । केरा बगानमा मृत फेला परेका १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्कीकी आमा अस्मिता न्यौपानेलाई प्रहरीले बुधबार बिहान बिर्तामाेडबाट फेला पारेको हो । घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार उनको शारीरिक अवस्था निक्कै कमजोर छ । अस्मिताको उपचार सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आमा अस्मिताले सँगै लिएर गएको भनिएका आइका र अस्मिता गत शनिबार दिउँसो मृत फेला…
बिर्तामोड । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोडस्थित गिरी बन्दु टि–स्टेट छेउमा सवारी दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका छन् । आज साँझ ५ बजे बिर्तामोड बाट चारआली तर्फ जादै गरेको मे १० प ३५४४ नं.को मोटरसाईक र चारालीबाट बिर्तामोड तर्फ आउदै गरेको ना ५ ख ९१२२ नं.को ट्रक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । दुर्घटना हुँदा मोटरसाईकलमा सवार ईलामको सुर्योदय नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीय रुपेश बुढाथोकीको टाउको र दाहिने खुट्टामा चोट लागेको अवस्थामा र सोहि स्थानका २४ बर्षीय दिवाङकर राईको टाउको र दाहिने खुट्टामा चोट लागि घाईते भएको प्रहरीले बताएको छ । उनीहरुको…
सिन्धुली ।। वैदेशिक रोजगारी र बसाइसराइले बिस्तारै गाउँ रित्तिँदै गएपछि मलामी पाउन पनि मुस्किल पर्न थालेको छ । सिन्धुलीको तीनपाटन गाउँपालिका–७ मा आइतबार कृष्णमाया पहाडीको मृत्यु हुँदा मलामीको अभावमा केही समय शव उठाउन पनि समस्या भयो । गाउँभरि हारगुहार गरी एक महिला र तीन पुरुष जम्मा भएपछि उनको शव उठेको हो । तोश्रामखोला गाउँकी ६५ वर्षीया पहाडीको आइतबार मृत्यु भएको हो । उनको सद्गतका लागि घाट लैजान शव बोक्ने मानिस चार जना मात्र थिए । गाउँकै हिम्मतिली महिला मनमाया अधिकारी शव बोक्न कस्सिएपछि कृष्णमायाको शव उठ्न सम्भव भएको हो । केही वर्षअघिसम्म भने गाउँमा कसैको मृत्यु हुँदा ५० जना…
बिर्तामोड, १७ भदौ : बिर्तामोडको शनिस्चरे रोडदेखि अतिथिसदन जाने सडकको स्तरोन्नति कार्य सुरु भएको छ । बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) सुरु गरीएको हो । अतिथिसदन अदुवा खोला पुलसम्मको ३ सय ३० मिटरसंगै वानस्टप महलदेखि अतिथि सदन रोडसम्म २ सय १० मिटर र शनिस्चरे रोड मण्डला होटलदेखि कृष्ण हलसम्मको १ सय ३९ मिटर सडकपनि संगसंगै स्तरोन्नति (कालोपत्रे) गरीने बिर्तामोड नगरपालिकाले जनाएको छ । ६ सय ७९ मिटर कालो पत्रे हुने सडकको विभिन्न स्थानमा ६ देखि ९ मिटरसम्म चौडाई छ । कालोपत्रे निर्माणको ठेक्का उदयपुरको कौशल्या बिल्डर्सले पाएको छ । सडक स्तरोन्नतिका लागि २०८१ जेठ…
सप्तरी।। प्रहरीले सप्तरीको भारतीय सीमा क्षेत्रमा पर्ने गोडैता नगरपालिका–१२ मधुबनी गाउँबाट नक्कली नोट बनाउने मेसिनसहित ८ जनालाई पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले छापा मार्ने क्रममा आठ जनालाई पक्राउ गरेको छ भने नक्कली नोट बनाउन प्रयोग गरिने केही सामान पनि बरामद गरेको छ । छापा मार्न इलाका प्रहरी कार्यालय गहडिया, प्रहरी चौकी मधुबनी गाउँ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) मधुबनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । सर्लाही प्रहरी प्रमुख एसपी रवीन्द्रबहादुर सिंहले भारतीय सीमा क्षेत्रमा पर्ने गोडैता नगरपालिका–१२ मधुबनी गाउँबाट नक्कली नोट बनाउने उपकरणसहित शनिबार राति केही व्यक्तिलाई पक्राउ बताए ।…