Skip to main content

Babai News

पुरुष यौन हिंसा :- अव्यक्त समस्या तर समाजमा विकराल बन्दै

Advertisement

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पुरुष यौन हिंसा र पितृसतात्मक सोचका कारण समाजमा देखापरेका समस्याहरू न्यूनीकरण विषयक सरोकारवालासँग कार्यशाला गोष्ठी सम्पन्न भएको छ। शक्ति समूहद्वारा सञ्चालित डाउन टु जिरो सुफासेक  परियोजना अन्तर्गत बोइज इनिसिएटिभ सुर्खेतको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। पछिल्लो समय पुरुषहरूमा व्याप्त रहेको अव्यक्त समस्याहरूको पहिचान, बालक  यौन उत्पीडनका विषय, पुरुष हिंसाका घटना उजागर र पुरुषको पहिचान गोपनीयता, पुरुष हिंसा न्यूनीकरणका लागि कानुनी प्रावधान लगायतका विषयमा छलफल गरिएको शक्ति समूहकी संस्थापक सदस्य चरिमाया तामाङले जानकारी दिइन्। पछिल्लो समय शिक्षा, स्वास्थ्य, प्रकोप, रोजगारीका निहुमा पुरुषहरु शारीरिक, मानसिक र यौन हिंसाको सिकारमा पर्दै गइरहेको, अझ त्यसमा पनि साना बालक र किशोर अवस्थाका युवाहरू बढि रहेको उनले बताइन्। बोइज इनिसिएटिभका सुर्खेत जिल्ला फोकल पर्सन वीरेन्द्र सोडारीले धेरै अधिकार महिलालाई दिँदा पुरुषको अधिकार खोसिएको, महिलालाई खुलेर बोल्ने अधिकार छुट भएको तर पुरुषलाई कानुनी रुपमा, सामाजिक रुपमा अधिकार विहीन बनाइएको, नाम सार्वजनिक गर्दा महिलाको हकमा परिवर्तित नाम भनेर फोटो हटाएर सार्वजनिक गर्ने तर पुरुषको सम्पूर्ण विवरण सार्वजनिक गर्ने विषय  गम्भीर रहेकाले त्यसतर्फ सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताए । त्यस्तै काहीँ कतै पुरुषको अप्राकृतिक मैथुन, रोजगारीका लागि विदेशिएका पुरुषको श्रीमती अन्यत्र गएकाले मानसिक सिकार भएकोले आत्महत्या समेत गरेको विषय सुनिए पनि पारिवारिक, सामाजिक मान्यताका कारण वा पुरुष भएकै कारण त्यस्ता घटना बाहिर नल्याउने वा कानुनी रुपमा नआएको उच्च सरकारी वकिल कार्यालय सुर्खेतका लक्ष्मीनारायण दाहालले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतकी मनु आचार्यले समाजिक सञ्जालमा पत्नी पीडित सङ्घ भनेर देख्दा हाँसोको विषय जस्तो लागे पनि पछिल्लो समय पुरुषमा पनि मानसिक स्वास्थ्यमा विकराल समस्या देखिएको र अव्यक्त स्वभावले गर्दा आत्महत्याको घटना बढेको बताइन्। गोष्ठीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुवासकुमार खड्काले पुरुष हिंसाको विषयमा कानुनी प्रावधान केही पनि नभएको तर घटनाको विषय प्रशासन मार्फत आयो भने कानुन बनाउन सहज हुने बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुट थापाले केही महिनाअघि हनि ट्रयाप र नक्कली बिहेका कारण प्रभावित पुरुषलाई न्याय दिएको घटनासँगै यस्ता खालका विषय आएमा कानुनी समाधानका लागि अग्रसर हुने बताए । कार्यक्रममा गैर सरकारी संस्था महासंघ, शिक्षा क्षेत्र, विभिन्न खाले संघसंस्था, सामाजिक विकास मन्त्रालय आदिबाट २५ जना बढीको सक्रिय उपस्थिति रहेको थियो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...