Babai News

झापा कपको उपाधि चर्च ब्वाइजलाई

झापा कपको उपाधि चर्च ब्वाइजलाई

झापा कपको उपाधि चर्च ब्वाइजलाई

बिर्तामोड, पुस ८ । झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–१ गोलअन्तरले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३–० गोलअन्तरले पराजित गरेको थियो । गत वर्ष यही रंगशालामा आयोजित झापा गोल्डकपको छैटौँ संस्करणमा पनि चर्च ब्वाइजले उपाधि हात पारेको थियो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको ‘झापा कप’ फाइनल प्रतियोगिताको सुरुवातमा एनआरटीले…
Read More
रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने  भुसाल पक्राउ

रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ

  झापा पुस ०८ ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने डा.निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई हिजो बेलुकी प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाण्डौको थलीबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको फोटो आफूले सीसीटीभीबाट खिचेको भुसालले स्वीकार गरेका थिए । प्रहरीको गेटभित्र सिसिटीभी देखेको र त्यसमा रवि लामिछाने सुतेको देखिएपछि फोटो खिचेको उनको भनाइ थियो ।
Read More
झापा कपको उपाधिका लागि चर्च ब्वाइज र एनआरटी खेल्दै, दुवै टिमको उपाधि दित्ने दाबी

झापा कपको उपाधिका लागि चर्च ब्वाइज र एनआरटी खेल्दै, दुवै टिमको उपाधि दित्ने दाबी

  बिर्तामोड, पुस ७ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम ९एनआरटी० खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन आज खेलमैदानमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टिमले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा रहेका छन् । इलाम गोल्डकपपछि उनीहरु छिमेकी जिल्ला झापामा झापा कपको फाइनलमा खेल्दै छन् । झापा कपको पहिलो चरणमा गोर्खा ब्वाइज स्पोर्टस् क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइजले फाइनल प्रवेशका लागि सिरहाको सलहेश फुटबल क्लबलाई पराजित गरेको थियो ।…
Read More
न्यु रोड टिम एनआरटी झापा कपको फाइनलमा प्रवेश

न्यु रोड टिम एनआरटी झापा कपको फाइनलमा प्रवेश

  बिर्तामोड, पुस ६ । न्यु रोड टिम (एनआरटी) झापाको बिर्तामोडमा आयोजना भएको झापा कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ । एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । इलाम गोल्डकपको विजेता एनआरटीले फाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबको सामना गर्नेछ । खेलको ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा एनआरटीका एञ्जल महर्जन, कृतिश छुञ्जु र अभिषेक लिम्बूले गोल गर्न सफल भए । जागृतिका कप्तान प्रवेश दनुवार र सविन घिमिरेको प्रहार गोलरक्षक विशाल सुनारले विफल बनाएका थिए…
Read More
सुदुरपश्चिमलाई हराउँदै  एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जित्यो

सुदुरपश्चिमलाई हराउँदै एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जित्यो

  बिर्तामोड पुस ६ ।। नेपाल प्रिमियर लिगको उपाधी जनकपुर बोल्ट्सले जितको छ। जनकपुरले सुदूरलाई ५ विकेटले हराउँदै जित हात पारेको हो। १८५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको  जनकपुरका लागि लाहिरू मिलान्थाले सर्वाधिक ८७ रन बनाए।   कप्तान आशिफ शेख ३३,मोहम्मद मोहसिन ९, जेम्स निसम ४ रन र आकाश त्रिपाठी २ रनमा आउट भए।  हर्ष थाकर ३० र मयन यादव २ रनमा  अविजित रहे।   जनकपुरले पावरप्लेमा जनकपुरले विना विकेट ७१ रन बनाएको थियो। सुदूरका लागि  कप्तान दिपेन्द्रसिंह ऐरी, इशान पाण्डे, सैफ जेव, स्कट कुग्गेलेइनले समान एक एक विकेट लिए। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ…
Read More
बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर सुरु

बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर सुरु

  बिर्तामोड, ०५ पुस : बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर सुरु भएको छ । वडा नम्बर ६ को कार्यालयमा आज स्थानीय अपाङ्ग‌ता समन्वय समितिका संयोजकसमेत रहनु भएका नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले शिविर उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै नगर उप प्रमुख संग्रौलाले प्रदेश सरकार र करुणा फाउण्डेसनको सहयोगमा नगरपालिकाले आयोजना गरेको यस शिविरबाट भरपुर लाभलिन सबैलाई आग्रह गर्नु भयो । कम्तिमा ६ देखि ९ महिनासम्ममा अनिबार्य स्वास्थ्य जाँच गर्नु पर्नेमा जोड दिँदै उहाँले ललितपुर रोटरी क्लबको सहयोगमा बिर्तामोडमा ७६ वटा व्हिलचियर वितरण गर्ने जानकारी समेत दिनु भयो । उपप्रमुख संग्रौलाले शिविरमा आउन नसक्नेहरुको लागि घरैमा पुगेर…
Read More
सलहेश युवा क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड झापाकपको फाइनलमा प्रवेश

सलहेश युवा क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड झापाकपको फाइनलमा प्रवेश

बिर्तामोड, पुस ५ । सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा आयोजित झापा कपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्चको जितका लागि एक मात्र गोल विदेशी खेलाडीको नाममा रह्यो । खेलको ८१ औँ मिनेटमा विदेशी खेलाडी अर्मन्डको एक मात्र गोलले चर्चले फाइनल प्रवेशको ढोका खोलेको थियो । सलहेशका दुई डिफेन्डरलाई बिट गर्दै अर्मन्डले दायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो । टिमका केही पहिलो रोजाइका खेलाडीबिनै मैदानमा उत्रिएको चर्च ब्वाइजले खेल अवधिभर सलहेशको दबाब झेलेको थियो ।…
Read More
अञ्जन बिष्टको ह्याट्रिकमा फराकिलो जितसहित एआरटी सेमिफाइनलमा

अञ्जन बिष्टको ह्याट्रिकमा फराकिलो जितसहित एआरटी सेमिफाइनलमा

  बिर्तामोड, पुस ४ । कप्तान अञ्जन विष्टको ह्याट्रिकको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५–१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । बिहीबारको खेलसँगै जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औँ मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान अञ्जन विष्टले विदेशी खेलाडी नेमारको क्रस पासमा सुरुवाती अग्रता दिलाए । ३६ औँ मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई २–० को अवस्थामा पुर्याए । चित्लाङका डिफेन्डर गौरव श्रेष्ठले अञ्जनलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गरे ।…
Read More
दुई युवतीसँगै होटलमा बास बसेका पुरुष मृत फेला

दुई युवतीसँगै होटलमा बास बसेका पुरुष मृत फेला

  झापा ।।  झापाको दमक बसपार्कमा रहेको मिलन होटेल एन्ड लजमा दुईजना युवतीसँग राति बसेका एक व्यक्ति आज बिहान मृत भेटिएका छन् । प्रहरीका अनुसार सिन्धुलीका सुनुवार थर भएका अन्दाजी ४५ वर्षका व्यक्ति मृत भेटिएका हुन् । अन्य विवरण खुलिनसकेको दमक प्रहरीले जनाएको छ ।   घटनाबारे अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक रामभक्त भट्टराईले बताए ।   बसपार्कमा रहेको मिलन होटेल एन्ड लजमा यौन धन्दा हुँदै आएको बताइन्छ । यौन कार्य गर्न आएका व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ । होटलको सञ्चालक निर्मला केसी हुन् ।
Read More
चर्च ब्वाइज युनाइटेड झापा कपको सेमिफाइनलमा

चर्च ब्वाइज युनाइटेड झापा कपको सेमिफाइनलमा

बिर्तामोड, पुस ३ । डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । गोर्खा ब्वाइजका डिफेन्डरले क्लियर गरेको गोललाई दिपेश गुरुङले गोल गर्न सफल भए । गोलरक्षक अगाडि बढेको समयमा २५ यार्डबाट गुरुङले गरेको प्रहार गोलमा परिणत भएको थियो । ४० औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । समिर तामाङको…
Read More