काठमाडौं। २४ असोज।। यसै महिनाको दोस्रो साता देशभर अविरल वर्षा भएको थियो। वर्षाका कारण देशका यातायातका क्षेत्रमा समेत धेरै मात्रामा क्षति भएको छ। पानी छोटो समयमा धेरै परेका कारण बाटोघाटोमा बाढी पहिरोले सार्वजनिक यातायातमा ७२ करोड भन्दा बढीको क्षति भएको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अविरल वर्षाका कारण ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको जानकारी दिएको हो । बाग्मती टिपर व्यवसायी संघको २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी संघको २० करोड, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको ६ करोड ६५ लाख र रसुवागढी नाकामा चार करोड बराबरको क्षति भएको जनाइएको छ । त्यसैगरी पश्चिम नेपाल यातायात बस…
बिर्तामोड ।। झापाको बिर्तामोड-३ मा सञ्चालित लिङ्कन मन्टेश्वरी स्कुलले बडादशैंको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेशका खानेपानी सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा आज विद्यालयमा बालबालिकासँग शुभकामना आदान-प्रदान गरिएको हो । कार्यक्रममा मन्त्री कार्कीले विद्यालयमा अध्ययनरत साना-साना बालबालिकालाई टीका र जमरा लगाइदिएर आशीर्वाद दिएका थिए । मन्टेश्वरी माध्यमबाट अध्ययन हुने सो विद्यालयमा हाल ४० जना बालबालिकाहरु अध्ययनरत रहेका छन् । ६ जना शिक्षक कर्मचारी रहेको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए । कार्यक्रममा बिर्तामोड-१ का वडाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद पाण्डे, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, हिसान झापा सचिव देबेन्द्र हुमागाई, प्याब्सन बिर्तामोड…