बर्दिया — विद्यालय शिक्षा विधेयक विरुद्ध निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) बर्दियाले जिल्लाको सदरमुकाम गुलरियामा विरोध प्रदर्शन गरेको छ । प्याब्सनले विद्यालय शिक्षा विधेयक २०८० का केही प्रावधानहरू विभेदकारी भएको भन्दै त्यसमा आवश्यक संशोधनको माग सहित विरोध प्रदर्शन गरेको हो । प्याब्सनद्वारा आयोजित विरोध र्यालीले जिल्ला प्रशासन कार्यालय हुँदै गुलरिया बजार परिक्रमा गरेको छ । र्यालीमा सहभागीहरुले ‘गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिवद्धता’, ‘शिक्षा ऐन संशोधन गर’, ‘निजी विद्यालय बन्द गर्ने नीति खारेज गर’ जस्ता नारा लगाएका थिए । प्याब्सनका पदाधिकारीहरुले सङ्घीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको व्यवस्था विरुद्ध शान्तिपूर्ण रुपमा विरोध गर्न बाध्य भएको बताएका छन्…
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेको भन्दै आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । उनले पहिलो चरणको आन्दोलन अन्तर्गत भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने र भदौ ११ देखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउँदै २…
चन्द्र वि.क. बर्दिया — जिल्ला प्रहरी कार्यालय बर्दियाले आर्थिक वर्ष २०८१/०८२ मा भएका प्रगतिहरू सार्वजनिक गरेको छ । कार्यालयले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको प्रगति विवरणमा प्रहरीको नेतृत्वदायी पहल देखिएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक केदार खनालले गत वर्ष जिल्लामा भएका विभिन्न अपराध, लागूऔषध कारोबार, आत्महत्या, फरार प्रतिवादी पक्राउ र सामुदायिक प्रहरी साझेदारी अन्तर्गत प्रहरी कार्यालयद्वारा गरिएको कार्यक्रम बारे जानकारी गराउनुभयो । उहाँले कार्यक्रममा जिप्रकाको तथ्यांक प्रस्तुत गर्नुहुँदै ब्राउन सुगर १ सय ४४ ग्राम ८ सय ९६ मिलिग्राम सहित १ सय ८४ जना, चरेश २ किलोग्राम १ सय ६ ग्राम ८ सय मिलिग्राममा ५ जना,…
काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि जम्मू कश्मीरको अवस्था बिस्तारै सामान्य हुँदै गइरहेको छ । श्रीनगरको अवस्था सामान्य हुँदै गइरहेको छ र मंगलबार विद्यालयहरू खुलेको मिडिया रिपोर्टमा उल्लेख छ । यद्यपि, बारामुल्ला जिल्लाको सीमावर्ती उरी र साम्बा सेक्टर जस्ता अन्य क्षेत्रहरूमा विद्यालयहरू अझै खुलेका छैनन् । समाचार एजेन्सी एएनआईका अनुसार मंगलबार बिहान विद्यार्थीहरू स्कूल जाँदै गरेको देखिएको थियो । रियासीमा पनि विद्यालयहरू फेरि खुलेका छन् । भारी गोलाबारीबाट प्रभावित पुंछमा पनि जीवन बिस्तारै सामान्य हुँदै गइरहेको छ र बजारहरू खुल्न थालेका छन् । एएनआईका अनुसार सोमबार राति साम्बा सेक्टरमा विस्फोटको आवाज सुनिएको थियो र सेनाले केही ड्रोनहरू देखेको बताएको छ…
काठमाडौं । सरकार र शिक्षकहरुबीचको वार्तामा सहमति जुटेको छ । बुधबार शिक्षा मन्त्रालयमा भएको वार्तापछि सहमति भएको हो। सहमति मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गरिने बुझिएको छ । वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्मक र सहमति नजिक पुगेको बताएका छन् । मंगलबार राति अबेरसम्म भएको वार्तामा शिक्षक महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो ।
काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र शिक्षक र सरकारबीच हुन लागेको वार्ता भाँड्न उद्धत रहेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकपछि संसद् बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको अभिव्यक्तिबाट उहाँहरू सरकारसँगको वार्ता संसद्मार्फत् भाँड्न चाहनुहुन्छ भन्ने पुष्टि हुन्छ ।’ ‘सरकार समस्या समाधानका लागि वार्ता गर्न तयार हुने, विषयवस्तु छिटो हल गर्न मेहनत गर्ने, अनि उहाँहरू मन्त्री किन संसद्मा हाम्रो प्रस्तावमा छलफल गर्न आएन भनेर भ्रम छर्न खोज्ने,’ उनले भने, ‘निष्कर्ष उन्मुख बनेको वार्ताको वातावरणलाई संसद् भित्र ल्याएर राजनीति गर्न खोज्ने उहाँहरूको प्रयत्नप्रति हामी दुःख व्यक्त गर्न चाहन्छौँ ।’
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन नसक्ने बताउनुभएको छ । विपी कोईराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमवार काठमाडौंमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा वीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो । सांसद कोईरालाले आईतवार सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीय मात्रै नभएर घृणित भएको बताउनु भयो । उहाँले यस्ता कार्यहरू काँग्रेसले सहन नसक्ने बताउनु भयो । उहाँले एमालेसँग सहकार्य गरेर सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई आफूले भन्नु केही नभएको बताउँदै सरकार बाहिर रहेकाहरूले गलत र कमी,कमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्नुपर्ने बताउनु भयो…
ललितपुर महानगरपालिकाले भोलि (मंगलबार) देखि सबै विद्यालय खोल्न पत्राचार गरेको छ। महानगरपालिकाले सोमबार परिपत्र गरी आफ्नो क्षेत्रभित्रका सबै विद्यालय खोली पठनपाठनको व्यवस्था गर्न भनेको हो। ‘प्रस्तुत विषयमा यस महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको विदितै छ,’ पत्रमा लेखिएको छ, ‘उक्त कार्यपात्रो बमोजिम विद्यार्थी भर्नालगायतका शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन हुन नसक्दा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।
काठमाडौं । काठमाडौंका सडकमा जारी शिक्षक आन्दोलनमा समर्थन गर्न पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध नै नाराबाजी भएको छ । माइतीघरबाट नयाँ बानेश्वर आइरहेका शिक्षक आन्दोलनमा मिसिन पुगेका अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीविरुद्ध शिक्षकहले नै नाराबाजी गरेका हुन् । भाषण गर्ने योजनासहित गरेका नेताहरु नाराबाजीपछि त्यत्तिकै फर्किएको बताइएको छ ।
बाँके। नेपाल शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरूले पुनः आन्दोलन सुरु गरेका छन्। बुधबार दिउँसो विभिन्न स्थानबाट शिक्षकहरूले माइतीघर मण्डलामा भेला भएर बिजुली बजारसम्म दबाबमूलक र्याली निकाल्दै शिक्षामा सुधारका लागि संघर्षको उद्घोष गरेका छन्। महासंघले आफ्नो मागमा आवधिक बढुवा, शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य, निजामती सरह सेवा सुविधा र संवैधानिक शिक्षा आयोगको व्यवस्था गर्दै नयाँ युग अनुसारको कानूनको माग गर्दै 'काठमाडौं जाऔँ' अभियान सुरु गरेको छ। महासंघको यो आन्दोलन अनिश्चितकालीन शैक्षिक आन्दोलनको रूपमा अघि बढेको छ। २०२८ को पञ्चायत कालको ऐनमात्रै लागू हुने भन्दै महासंघले नयाँ व्यवस्थाको माग राखेको छ। भोलिबाट (आजबाट) हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघरदेखि बानेश्वर सडक…