Skip to main content

Babai News

हेटौडाबाट११ करोड रुपैयाँको सुनसहित दुई भारतीय पक्राउ

Advertisement

 

मकवानपुर असोज १९।। मकवानपुर प्रहरीले करिब साढे ११ करोडको अवैध सुन सहित दुई भारतीयलाई पक्राउ गरेको छ।

नेपालीका ठूला चाडपर्व नजिकिँदै जाँदा हेटौंडामा अवैध सुन अनेक उपाय अपनाएर भित्र्याउने क्रम बढेपछि प्रहरी चनाखो भएको छ । मकवानपुर प्रहरीले शनिबार विहान ११ करोड बढीको अवैध सुनसहित हेटौंडामा २ भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरीले पूर्वपश्चिम सडकखण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपियाँको अवैध सुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघङ्ची थाना पुजारबाडी बस्ने वर्ष २५ का अभिषेक अजिनाथ कुटी र महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने वर्ष २७ का राहुल भिट्टिहाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार विहान करिब ३ बजे बाराको पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको वागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बर स्कुटर चेक गर्दा सुन बरामद गरिएको हो । स्कुटर चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट बिस्कुट आकारका ८ वटा (तौल गर्दा ८ किलो २ सय ४३ ग्राम ९ सय ७० मिलिग्राम) सुन बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्का नेतृत्वको टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

गत मंगलबार जिल्ला प्रहरीबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा–१५, रातोमाटे चेकपोष्टबाट एक भारतीयलाई सुनसहित पक्राउ गरेको थियो । विहान करिब १० बजे वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको वा.प्र.०३–००१ ज ६९६ नम्बर यात्रुबाहक ईभी माइक्रो चेक गर्दा उक्त माइक्रोका यात्री भारतको बिहार राज्य फूलबरिया पूर्वी चम्पारण बरेवा बस्ने वर्ष ३४ का सुजित सर्राफलाई पक्राउ गरिएको थियो ।

उनलाई शंका लागेर शरीर तथा झोला खानतलासी गर्दा खुट्टाको पैतालामा टेपले बेरेर लुकाइराखेको सुनको बिस्कुटको आकारका टुक्रा ४ थान, बिस्कुटको सानो टुक्रा १ थान, सिक्री १ थान गरी ४ सय ९० ग्राम ८ सय ८० मिलिग्राम (करिब ६७ लाख ३४ हजार ५ सय ४४ रुपियाँ मूल्य बराबर) को सुन फेला परेको थियो । उक्त सुनसहित सर्राफलाई नियन्त्रणमा लिइ थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको थियो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...