Skip to main content

Babai News

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

Advertisement

दिलिप दास – ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका विभिन्न पसलहरूको अनुगमन गरी बिक्रीका लागि राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएपछि यसप्रति ठाकुरबाबा उद्योग वाणिज्य सङ्घ, भुरीगाउँले घोर आपत्ति जनाएको छ।

सङ्घले जारी गरेको धारणा अनुसार विद्यालय वरपरका व्यवसायीमाथि मात्र कारबाही गर्नु पर्याप्त नभई नगरपालिकाले आफ्नै कार्यालय, जनप्रतिनिधि, कर्मचारी, विद्यालय तथा अन्य सार्वजनिक निकायभित्र पनि समान मापदण्ड लागू गर्नुपर्ने माग गरेको छ।

सङ्घले प्रश्न उठाएको छ, “यदि नगरपालिका कार्यालयभित्र कर्मचारी वा जनप्रतिनिधिहरूले खुलेआम सुर्तीजन्य पदार्थ वा गुट्खा सेवन गरिरहेका छन् भने उनीहरूमाथि पनि समान रूपमा कारबाही हुन्छ कि हुँदैन?”

त्यसैगरी, विद्यालय परिसर वा कक्षाकोठाभित्र शिक्षक वा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएमा नगरपालिकाले के कदम चाल्छ भन्ने विषयमा पनि स्पष्टता माग गरिएको छ।

उद्योग वाणिज्य सङ्घले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै कार्यान्वयन निष्पक्ष नभए कानुनको विश्वसनीयतामाथि नै प्रश्न उठ्ने जनाएको छ। “अरूलाई मात्र कारबाही गर्ने तर आफ्नै संस्थाभित्र हुने गल्तीलाई बेवास्ता गर्ने हो भने त्यसले न्याय र कानुनी शासनमाथि प्रश्न उठाउँछ,” सङ्घको भनाइ छ।

सङ्घले नगरप्रमुख र उपप्रमुखलाई सम्बोधन गर्दै प्रभावकारी कार्यान्वयन आफ्नै कार्यालय तथा सार्वजनिक निकायबाट सुरु गर्न आग्रह गरेको छ। साथै, “यदि कानुन सबैमा समान रूपमा लागू गर्न सकिँदैन भने साना व्यवसायीलाई मात्र लक्षित देखिने अभियान सञ्चालन नगर्नुहोस्। कानुनको उद्देश्य कसैलाई दुःख दिनु होइन, सबैलाई समान रूपमा जिम्मेवार बनाउनु हो,” भन्दै आफ्नै कार्यालय, जनप्रतिनिधि, कर्मचारी, विद्यालय र सार्वजनिक निकायबाट कानुनको पूर्ण पालना गराएर मात्रै व्यवसायीमाथि कारबाही गर्दा त्यसको नैतिक र कानुनी आधार बलियो हुने धारणा व्यक्त गरेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...