Skip to main content

Babai News

हराइरहेका हजामको सब विरिङ खोलामा उत्खनन् गर्दा सडेको अवस्थामा फेला

Advertisement

 

बिर्तामोड असोज २० ।। गत जेठ १५ गतेदेखि हराएका बाह्रदशी गाउँपालिका–५ फूलवारी का २२ वर्षीय राजेश हजामको शव फेला परेको छ। हजमको  शव बाह्रदशी गाउँपालिका – ७ स्थित विरिङ खोलामा उत्खनन् गर्दा सडेको अवस्थामा फेला परेको हो ।

साविक डाँगीवारी – ३ स्थित ‘लाफादी’ घाटको पश्चिम तर्फ खोला किनारमा अन्दाजी ५ फुट गहिरो खाडल खनेर हजामको शव पुरिएको अवस्थामा प्रहरीले उत्खनन् गर्दा भेटेको बाह्रदशी गाउँपालिका – ७ का वडाध्यक्ष मित्रप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार पानी बग्ने भाग भन्दा ५/७ मिटर पर हजामको शव पुरिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
दुई दिन लगाएर गरिएको उत्खनन्को क्रममा हजामको शव फेला परेको हो । शुक्रवार विरिङ खोलाको दुई ठाउँमा उत्खनन् गरिएको थियो । तर, शव फेला परेको थिएन ।

यस अघि बाह्रदशी ६ स्थित एक घरमा उत्खनन् गरिएको थियो । हजामलाई हत्या गरेर घरको बरण्डामा गाडिएको आशंकामा उत्खनन् गर्दा हत्यामा प्रयोग गरिएको सामग्री प्रहरीले बरामद गरेको थियो । उत्खनन्का क्रममा नुनका बोरा, कपडा र हत्यामा प्रयोग गरिएको बाम्फोक बरामद भएको थियो ।
प्रहरीले यस अघि घटनामा संलग्न भएको आशंकामा बाह्रदशी–७ निवासी ३१ वर्षीय समिर राजवंशी, २१ वर्षीय आशिष थापा, २० वर्षीया मुना मेचे (राजवंशी) र १६ वर्षीय नरेश राजवंशी पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुको बयानका आधारमा प्रहरीले आइतवार पुनः विरिङ खोलामा दुई वटा जेसीवी लगाएर उत्खनन् गरेको थियो ।
पक्राउ पर्नेमध्ये २० वर्षीया मुना र १६ वर्षीय नरेश राजवंशी भाउजू देवर हुन् भने ३१ वर्षीय समिर राजवंशी जेठाजु हुन् ।
गत जेठ १५ गते बाह्रदशी–५ निवासी भीम हजामको छोरा हराएको भन्दै जेठ १७ गते प्रहरीमा खोजीकार्यका लागि भन्दै खोजपत्र परेको थियो ।
प्हरीले गरेको अनुसन्धानका क्रममा हजामको हत्या गरेर शुरुमा भान्सा घरमा शव गाडेको खुलेको छ । पछि सो शव खोला किनारमा सारिएको अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।
यता घटनामा संलग्न भएको भनिएका गणेश दुबईमा छन् । घटना गराएर उनी विदेश गएको आशंका गरिएको छ । मुनाका श्रीमान अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...