Skip to main content

Babai News

इटाभट्टामा मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु, मृतकका आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग अवरोध

Advertisement

 

मेचीनगर असोज २७ । पूर्वपश्चिम राजमार्गस्थित झापाको मेचीनगर–७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु भएको छ । दुर्घटनाबाट साइकलमा सवार रहेका स्थानीय बस चालक डिकेन राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सगरमाथा यातायातका चालक ४५ वर्षीय राजवंशीको उपचारको क्रममा बिर्तामोडको बिएन्डसी अस्पतालमा मृत्यु भएको हो ।

आज बिहान ७ः३० बजेतिर मेचीनगर–७ इटाभट्टामा धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको होटल मेची क्राउनका कर्मचारी ३५ वर्षीय अभिषेक लिम्बूले चलाएको प्रदेश ०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा राजवंशी गम्भीर घाइते भएका थिए ।

दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । अहिले यातायात सञ्चालन गराइएको प्रहरीले जनाएको छ ।
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...