Skip to main content

Babai News

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीको आदेश

Advertisement

पोखरा कार्तिक ८।। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

रविलाई पहिलो पटक ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतले दोस्रो पटक ७ दिनको अनुमति दिएको हो ।

गत शुक्रबार (कात्तिक २) पक्राउ परेलगत्तै पोखरा लगिएका रविलाई आइतबार पहिलोपटक म्याद थपका लागि अदालतमा पेस गरिएको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न गत आइतबार अनुमति दिएको थियो ।

सो म्याद सकिएसँगै आज बिहीबार उनलाई म्याद थपका लागि अदालत लगिएको थियो । आज थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमै पक्राउ परेका रविका व्यावसायिक साझेदार छविलाल जोशी बन्जाडेलाई पनि आज नै म्याद थपका लागि अदालत लगिएको छ । उनलाई ६ असोजमा काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो ।

सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाईसमेत प्रहरीले आज म्याद थपका लागि कास्की अदालत लैजाने तयारी गरेको छ

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...