Skip to main content

Babai News

चलचित्र १२ गाउँका कलाकार एक्कासी हलमा आइपुग्दा दर्शक दङ्ग

Advertisement

 

एकराज प्रधान

बिर्तामोड । बिर्तामोडको क्युएफएक्स सिनेमा हलमा सोमबार चलचित्र ‘१२ गाउँ’ हेरिरहेका दर्शकहरु सरप्राइज भएका छन् । फिल्म हेरिरहेका दर्शक अचानक पर्दाका कलाकारहरुको रियल इन्ट्री भएपछि सरप्राइज भएका हुन् ।

‘१२ गाउँ’का अभिनेता विराज भट्ट, अभिनेत्री न्यान्सी खड्का लगायतको निर्माण टिम दर्शकहरुमाझ पुगेका थिए । दर्शकहरुमाझ नजिकिँदै गरेको तिहारको शुभकामना दिँदै चलचित्रका निर्देशक समेत रहेका विराजले चलचित्र सफल बनाइदिनु हुने सम्पूर्ण दर्शकलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले दर्शकहरुमाझ फिल्मको लोकप्रिय डायलग ‘चट्टै होइन, चैट चैट चैट’ लाइभ प्रस्तुत गर्दा दर्शक उत्साहित भएका थिए । दर्शकले भने ‘समीर भट्ट खोइ, छोरा चाहियो छोरा’ भन्दै हुटिङ लगाएका थिए ।

फूलपातिको दिन रिलिज भएको फिल्म १२ गाउँले १९ दिन बितिसक्दा पनि दर्शकको उस्तै माया पाइरहेको छ । सोमबार १ बजेको दुई शोमा क्युएफएक्सका एउटा शो हाउसफुल थियो भने, अर्को शोमा दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।

पत्रकारहरुसँगको छोटो भेटमा उनले १२ गाउँको दोस्रो भाग चाँडै आउने बताएका छन् । सुरुमा हलहरुले कम शो दिए पनि दर्शकले त्यो परिस्थिति उल्टाइदिएकोमा त्यो मायाको सम्मान गर्दै उनले भने, ‘दर्शकको यो मायाले हामीलाई अझै उर्जा दिएको छ, थप जिम्मेवार बनाएको छ ।’ १२ गाउँमा आबद्ध भएर काम गर्ने सम्पूर्ण टिमलाई सम्झिँदै उनले सफलताको खुशी बाँडेका छन् ।

आफूलाई विराटनगरबासी बताउँदै अभिनेत्री न्यान्सी खड्काले पूर्व आउँदा र दर्शकहरुको माया पाउँदा उत्साहित भएको बताएकी छन् । उनले भनिन् ‘मेरो छोटो क्यारेक्टरलाई दर्शकले यति धेरै मनपराउनु हुन्छ, नोटिस गर्नु हुन्छ भन्ने सोचेकै थिइनँ ।’

कलाकार तथा निर्माण टिमलाई नेपाल चलचित्र संघका केन्द्रीय सदस्य तथा वान स्टप मलका सञ्चालक मिजास पोखरेल, क्युएफएक्स सिनेमा हलका म्यानेजर केदार बस्नेत लगायतले स्वागत गरेका थिए । १२ गाउँ निर्माण टिममा चलचित्रका लेखक तथा कलाकार सन्तोष सरकार, कलाकार रोहन सिंह, उपत्यका बाहिरका डिस्टिब्युटर कुवेर सिने डिस्ट्रीब्युसनका पुष्कर घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

सरस्वती भट्ट निर्माता रहेको चलचित्रमा सोनु चन्द्रपाल, दिया मास्के, मुरलीधर, सनिशा भट्टराई, नरेन खडका, स्टन्ट सिल्भा, कान्जी कोइराला, सुलेमान शंकर इकु, कालु राना लगायतको अभिनय रहेको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...