Skip to main content

Babai News

साफ महिला च्याम्पियनसिप फाइनल खेलको टिकट विक्री बन्द

Advertisement

 

 काठमाडौं  ।।   साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत बुधबार हुने नेपाल र बंगलादेशबीच फाइनल खेलको टिकट विक्रीमा एन्फाले रोक लगाएको छ ।

एन्फाले एक विज्ञप्ति जारी गर्दै टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लि.लाई कुनै पनि माध्यमवाट टिकट विक्री नगर्न/नगराउन भनिएको छ । साथै एन्फाले दर्शकहरूलाई पनि टिकट खरिद नगर्न आव्हान गरेको छ।

नेपाल र भारतबीचको सेमिफाइनल खेलमा एन्फासँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट विक्री गरेको आरोप एन्फाको छ । क्षमताभन्दा बढी टिकट विक्री गर्दा दर्शकको सुरक्षा हिजो चुनौती नै बनेको थियो।

माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लि.सँग सत्यतथ्य बुझ्ने काम भइरहरको पनि एन्फाले जनाएको छ। यसपछि एन्फाले अर्को सूचना जारी गर्ने बताएको छ ।

साथै यो सूचनालाई वेवास्ता गर्दै टिकट विक्री वितरण गरी कुनै समस्या आएमा एन्फा जवाफदेही नहुने पनि विज्ञप्तीमा स्पस्ट पारेको छ । एन्फाले प्रतियोगिता अगाडि माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लि. लाई ८० लाखमा टिकटको अधिकार उपलब्ध गराएको थियो ।

आज एन्फामा भएको छलफलमा टिकट बढी बिक्री गरेको विषयमा माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लिलाई स्पष्टीकरण सोधिएको छ । मंगलबार विहान १० बजेसम्म जवाफका लागि समय दिइएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

रङ्गशालाको अवस्था र दर्शको सुरक्षालाई मध्यनजर गरेर भीआईपीतर्फ १५ सय र साधारणतर्फ ११ हजार टिकट विक्री गर्न एन्फाले निर्देशन दिएको थियो । तर सिट क्षमताभन्दा टिकट र पास बढी विक्री वितरण भएपछि दर्शक व्यवस्थापन गर्न कठिन भएको थियो । कतिपय दर्शकले टिकट काटेपनि खेल हेर्न पाएका थिएनन् भने रंगशालामा हिड्ने ठाउँ पनि थिएन ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...