घरमा आगो सल्किएपछि जोगाउने प्रयास गर्दा राई गम्भीर घाइते भएका हुन् । राईको घरमा मंगलबार अपराह्न ४ बजेतिर आगो सल्केको प्रहरीले जनाएको छ ।
घरभित्र राखिएको ग्यास पड्किएकाले ग्यास लिक भएर आगो सल्केको हो कि ? भनेर अनुमान गर्न सकिने साहले बताए । यद्यपि आगलागीको कारण यकिन नभएको उनको भनाइ छ ।
आगोले शरीरका विभिन्न भागमा जलेका राईको अवस्था गम्भीर रहेकाले पाँचथरमा उपचार सम्भव नभएपछि झापातर्फ पठाइएको प्रहरीले जनाएको छ ।
आगो फिदिम नगरपालिकाका दुइटा दमकलसहित स्थानीय, सेना,प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा नियन्त्रणमा आएको छ ।




