Skip to main content

Babai News

सडनडेथमा जीत निकाल्दै शिवशताक्षी सेमीफाइनलमा प्रवेश

Advertisement

 

अर्जुनधारा ।। शिवसताक्षी नगरपालिका झापाको अर्जुनधारामा जारी चौंथो खुदुनाबारी गोल्डकपको सेमीफइनलमा प्रवेश गरेको छ ।

अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा जारी अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल निर्धारीत समय गोलरहित बराबरीमा सकिएपछि नतिजाकालागि टाइब्रेकरमा धकेलीएको थियो । शिवसताक्षी सडनडेथमा भाग्यमानी सावित भयो ।

टाईब्रेकरमा शिवसताक्षीका बिशाल थिङ, मिराक लिङदेन, संजोक मगर र प्रलाद चापागाईले गोल गरे । टेकेन राना मगरको प्रहार कनकाईका गोलरक्षक विवेक वाग्लेले बचाउ गरे । सडनडेथमा शिवसताक्षीका रुद्ध क्षेत्री, निकेश श्रेष्ठ, अनिश थापा, सन्दिप लिम्बू र अविशेक गुरुङले गोल गरे ।

कनकाईको तर्फबाट टाईब्रेकरमा उमेश मुर्मु, रुचन लिम्बू, गोपाल दाहाल र शाहिल बस्नेतले गोल गरे । मिक्सन दर्जीको प्रहार शिवसताक्षीका गोलरक्षक सदिप लिम्बूले बचाउ गरे । सडनडेथमा कनकाईका निमेश गुरुङ, जेम्सहाङ लिम्बू, भिम मगर र मनिस लिम्बूले गोल गरे । राजु मगरको प्रहार गोल पोष्टभन्दा बाहिर गएपछि कनकाईले सडनडेथमा हार बेर्होन पुग्यो ।


आजको खेलमा शिवसताक्षीका गोलरक्षक सदिप लिम्बू ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफि पुरस्कार पाए ।

गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो । मंसिर ५ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार २ सय ११ र उपविजेताले ५५ हजार ६ सय ५५ रुपैयाँ नगदसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ । प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

गोल्डकपको भोली हुने दोस्रो क्वाटरफाइनल खेलमा इलामको माई नगरपालिका र झापाको मेचीनगरपालिकाबिच खेल हुने आयोजकले बताएको छ ।

गोल्डकपमा झापाको अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनगर, कनकाई, शिवसताक्षी, गौरादह, दमक नगरपालिका, इलामको माई नगरपालिका र आयोजक टिमसहित १० टोलीको सहभागीता रहेको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...