Skip to main content

Babai News

इलामको माई नगरपालिकामा रहेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द !

Advertisement

 

झापा कार्तिक ३० ।। इलामको माई नगरपालिका –२ चेप्टीमा रहेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको छ ।  सरकारी र सामुुदायिक वनको जग्गा अतिक्रमण गरी व्यक्तिले निर्माण गरेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको हो।

वन डिभिजन कार्यालय इलामले सो फनपार्क अदातलको आदेशपछि निर्माणकर्ता आफैंले बन्द गरेको कागज बुुझाएको जनाएको छ । कार्यालयले आज आयोजना गरेको एक पत्रकार सम्मेलनमा फनपार्क निर्माणकर्ता दिनेश शिवाकोटीले फनपार्क बन्द गरिएको हस्ताक्षरसहितको पत्र कार्यालयलाई बुुझाएको कार्यालय प्रमुख दानबहादुर श्रेष्ठले बताए ।

एकसय ३२ रोपनी पर्ती र माइखोलाको जनिएको तथा ४५ रोपनी सरस्वती सामुदायिक वनको जग्गा अतिक्रमण गरी कूूल दुुईसय १८ रोपनी जग्गामा हेप्पी ड्रिम्प्स चेप्टी प्रालिले करोडौं रुपियाँको लगानीमा फनपार्क निर्माण भएको थियो । फनपार्कका नाममा भने ४१ रोपनी जग्गा दर्ता थियो ।

गतवर्ष सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण ठहर भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा खाली गराउन जिल्लाका निकायलाई पत्राचार गरेको छ । अख्तियारको पत्राचार पछि वन डिभिजन कार्यालयले सो क्षेत्रको अतिक्रमित जग्गा र पार्कको नामको ४१ रोपनी जग्गा छुट्याएको थियो ।

जग्गा छुट्याएपछि फनपार्क निर्माणकर्ता दिनेश शिवाकोटीले हालेको रिटलाई उच्च अदालत विराटनगर, इलाम इजलासले २०८१ असार २२ गते खारेज हुने फैंसला गरेको र फैंसलाको पूर्ण पाठ भने आइनसकेको वन डिभिजन कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । ‘अहिले फनपार्कबाट रेखाकंन गरी छुट्याइएको सरकारी तथा सामुुदायिक वनको जग्गाको रेखदेख र  हेरविचारको खाँचो छ’ कार्यालय प्रमुख श्रेष्ठले भने, ‘अब अदालतको पूर्णपाठ आएपछि त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...