Babai News

बिर्तामोड चलचित्र तथा पर्यटन महोत्सव आजबाट सुरु, कोशी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्दै

Advertisement

 

बिर्तामोड मंसिर १ ।।   बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव–२०८१आजबाट झापाको बिर्तामोडमा सुरु हुँदैछ ।महोत्सव बिर्तामोड ५ स्थित सिटी सेन्टर उत्तर धर्म काटा रोडमा रहेको खाली मैदानमा  आयोजना हुँदै छ।

मंसिर १ गतेदेखि १५ गते सम्म सञ्चालन गरिने महोत्सवको  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समिति र नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशको संयुक्त आयोजनामा महोत्सवको आयोजना गरिएको हो ।

नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिका अध्यक्ष विजय तामाङले पर्यटन र चलचित्र क्षेत्रको प्रवर्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिए ।

उनले महोत्सवमा तामाङ समुदायको भेषभुषा, सांस्कृतिक प्रदर्शनी गरिने बताए । महोत्सवस्थललाई तामाङ समुदायको भेषभुषा लगायतका सामग्रीबाट सजावट गरिने बताइएको छ

विभिन्न मनोरञ्जनका कार्यक्रमसँगै दैनिक कला संस्कृति झल्किने चलचित्रसमेत देखाइने तयारी गरिएको नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले जानकारी दिए । उनका अनुसार महोत्सवमा राष्ट्रियदेखि स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ ।

महोत्सवमा चलचित्र प्रदर्शनी, चलचित्रकर्मीलाई सम्मान, चलचित्र र पर्यटनसम्बन्धी अन्तरक्रिया साथै विभिन्न व्यावसायिक स्थलहरु रहने छन् ।

महोत्सवमा सातवटा नेपाली चलचित्रहरु मंसिर ३ गतेदेखि ९ गतेसम्म प्रदर्शनी गरिनेछ । तामाङले बानरसेना, नालापानी, माङ्गेना, लीलामे माइला, बिहे पास, चारधाम र कृष्णलीला चलचित्र प्रदर्शनी गरिने जानकारी दिए ।

महोत्सवमा विभिन्न २२ वटा व्यावसायिक स्टलहरु रहने बताइएको छ । जुवारहित महोत्सव आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा एक करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने र ५ लाख दर्शकहरुले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । विपिन जोशीको शव आज काठमाडौँ आइपुगेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेपछि सरकारको तर्फबाट श...
विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

काठमाडौं । इजरायलले विपिन जोशी जीवित भएको प्रमाण अहिलेसम्म नभेटिएको जानकारी परिवारलाई गराएको छ । इजरायलका लागि नेपाली राजदुत धन...
नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५  विकेटले जित...
सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बु । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी छोड्ने लहर शुरु भएको छ । यसैबीच सोलुखुम्बुको खुम्...