Skip to main content

Babai News

मेचीनगर नगरपालिका खुदुनाबारी गोल्डकपको फाइनलमा

Advertisement

 

अर्जुनधारा ।। मेचीनगर नगरपालिका चौंथो खुदुनाबारी गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

आज भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६–१ गोलको फराकीलो अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि भिड्न्त पक्का गरेको हो ।

मेचीनगरलाई सहजै जित दिलाउन सनम भुजेलले ह्याट्रीक गरे । ३४ औं मिनेटमा पहिलो गोल गरेका भुजेलले ४० औं मिनेटमा दोस्रो र ६९ औं मिनेटमा तेस्रो गोल गरे ।

खेलमा मेचीनगरका लागि पहिलो गोल सरोज कार्कीले गरेका थिए । उनले खेलको ३० औं मिनेटमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए । त्यस्तै मेचीनगरकालागि लक्षु थापाले ५४ औं मिनेटमा थप एक गोल गरे । दोस्रो हाफको अतिरिक्त समयमा भद्रपुरका गोल रक्षक देव लिम्बूले फल्ड गरेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै कप्तान खमिर गिल्सन कन्दङवाले थप एक गोल गर्दा मेचीनगर ६–१को फराकीलो अन्तरले विजयी बनेको हो ।

भद्रपुरका लागि कर्ण लिम्बूले दोस्रो हाफको अतिरिक्त समयमा एक गोल फर्काएका थिए । पहिलो हाफको ३० मिनेटपछि दवावमा परेको भद्रपुरका खेलाडीले अन्य स्कोर गर्न नसक्दा प्रतियोगितामा नमिठो पराजय भोग्यो ।

आजको खेलमा मेचीनगरका सनम भुजेल म्यान अफ दि म्याच चुनीए । उनले नगद ५ हजार र ट्रफि पुरस्कार पाँए । उनलाई कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उदव थापा, प्रतियोगिताका संयोजक सिताराम भट्टराई, मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मिना उप्रेती, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल लगायतले प्रदान गरे ।

आजको खेलको विजेताले चौंथो खुदुनाबारी गोल्डकपको उपाधिका लागि मंसीर ५ गते शिवसताक्षी नगरपालिकासंग फाइनलमा प्रतिस्पर्धा गर्ने छ । आईतबार भएको पहिलो सेमिफाइनल खेलमा बिर्तामोड नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै शिवसताक्षीले फाइनलमा स्थान सुरक्षीत गरेको हो ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६ सय ५५ रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ ।

प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो ।

फाइनल खेल दिउँसो २ बजे सुरु हुने गोल्डकपको समापन समारोह भने मध्यन्ह १२ बजेबाट सुरु हुने आयोजकले बताएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...