Skip to main content

Babai News

इलामको नयाँबजारमा परम्परागत रूपमा लाग्दै आएको बालाचर्तुदशी मेला यो बर्ष पनि लाग्ने

Advertisement

 

रोशन काफ्ले इलाम। मङ्सिर ४।।     इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा परम्परागत रुपमा लाग्दै आएको बालाचर्तुदशी मेला यो बर्ष पनि लाग्ने भएको छ ।

आगमी मंसिर ९ गते देखि मेला लाग्ने भएको हो । गाउँपालिकाको आयोजना र मेला व्यवस्थापन समितिको व्यवस्थापनमा बर्षेनी धार्मीक रुपमा लाग्दै आएको बालाचर्तुदशी मेला यो बर्ष पनि लाग्ने आयोजक समितिले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

बालाचतुर्दशीको दिन नयाँबजारमा अवस्थित शिवालय धाम , २०११ सालमा नयाँबजार बसाउन महत्त्वपूर्ण योगदान दिने सन्त श्री बालागुरुको प्रतिमाको दर्शन , उत्तरे पोखरिको दर्शन , आफ्ना पित्रीहरुको सम्झनामा सतबिँउ पलबिँउ छर्ने साथै भाकल पूरा गर्ने दर्शनार्थीहरुको बिहानै देखि भिड लाग्ने गरेको छ ।गाउँपालिकामा आन्तरिक तथा वाह्यय पर्यटक भित्राउने लक्ष्य सहित मेला आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले जानकारी दिए ।

गाउँपालिका भित्र पर्यटकीय संभावना बोकेका स्थान भए पनि प्रचार प्रसारको कमी भएकाले थप प्रचार प्रसार गर्ने उदेश्य रहेको गांउपालिका का उपाध्यक्ष प्रविना राईले जानकारी दिइन। मेला व्यवस्थापन समितिका संयोजक मदन भण्डारीका अनुसार मेला अवधिभर रमाईलो मिनी मेला , विभिन्न जातजातीका झाकी प्रर्दशन, सांस्कृतिक भेषभूषाको प्रर्दशन गरिने छ भने यहाँका रैथाने खानेकुरालाई प्रदर्शनमा समेत राखिने छ ।

माईजोगमाई गाउँपालिकाको थुम्के डाँडाबाट सूर्योदय , सूर्यास्तको दृश्यावलोकन गर्न सकिने ,उत्तरे पोखरी , मलु पोखरी, साततले झरना , शिवालय धाम, साङछयोलिङ बौद्ध गुम्का, महादेव थान मन्दिर, देवि मन्दिर माइबेनी शिवालय धाम , किरातहरुको प्रथम राजा यलम्बर , नेपालकै अग्लो गणेशको प्रतिमा , विश्वबाट लोपोन्मुख हाब्रे (रेड पाण्डा) साथै रेडपाण्डाको प्रतिमा लगायत पर्यटकका लागि आकर्षणका केन्द्र रहेको गाउँपालिका अध्यक्ष थेवेले बताए ।

पहिले बाटोको समस्या हुँदा पनि भरिभराउ लाग्ने मेला अहिले बाटो बनिसकेपछी झनै मेला लाग्ने मेला व्यवस्थापन समितिका सचिब महेश शापकोटाले बताए।इलामको चिनारी ७ वटा ‘ अ ‘अलैँची, आलु,अम्लिसो, अदुवा, ओलन , अकबरे र अर्थोडक्स चिया जस्ता कृषिजन्य बालिहरु उत्पादनमा अब्बल रहेको छ माईजोगमाई गाउँपालिका । यसै क्षेत्रमा नरिवल फल्ने देखि हिउँ खेल्ने सम्मको भु-भाग समेत रहेको छ ।

माई खोला र जोगमाई खोला बिचमा पर्छ माईजोगमाई गाउँपालिका ।साविकको प्याङ , जोगमाई , सोयाङ , नयाँबजार र नामसालिङ गाविसलाई समेटेर माईजोगमाई गाउँपालिका बनेको छ । माईजोगमाई गाउँपालिका भित्र ६ वटा वडाहरु रहेको छ ।यहाँ शेर्पा , राई , क्षेत्री , बाहुन , मगर , लोपोन्मुख लाप्चा , थामी पहरी जस्ता जातजातिको बसोबास रहेको छ ।

यो क्षेत्रको कुल जनसंख्या १९१३१ रहेको छ भने १५६.०१ वर्ग किलोमीटर क्षेत्रफल समेटेको छ माईजोगमाई गाउँपालिकाको । २०११ सालमा बालागुरुले बजार बसाए पछि बर्षेनी बालाचर्तुदशीका दिन यहाँ मेला लाग्दै आएको छ भने कोरोना लहरका बेला बन्द भएपछि गत सालबाट पुनः मेला लाग्दै आएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...