Babai News

अन्तर्राष्ट्रिय विश्व बाल दिवसको अवसरमा खुल्ला एकल नृत्य प्रतियोगिता र सास्कृतिक कार्यक्रम सम्पन्न

Advertisement
Advertisement

 

बिर्तामोड  ।।  झापाको कनकाई नगरपालिका वडा नम्बर ७ स्थित सरस्वती वडा बाल संजालले अन्तर्राष्ट्रिय विश्व बाल दिवसको अबसरमा बालबालिकाको प्रतिभा पहिचान गर्न खुल्ला एकल नृत्य प्रतियोगिता साथै विविध सास्कृतिक कार्यक्रम गरेको छ ।

सरस्वती वडा बाल संजालका अध्यक्ष रिजन तिम्सिनाको अध्यक्षता र झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एलपी सावाँ लिम्बुको प्रमुख आतिथ्यतामा बुधबार भृकुटी मावि दुर्गापुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरास्ट्रिय बाल दिवसको अवसर पारेर गरिएको प्रतियोगितात्मक खुल्ला एकल नृत्य प्रतियोगितामा २५ जनाको सहभागीता रहेको थियोे । प्रतियोगितामा कोपिला कार्की डाेली प्रथम , रितिका लिम्बू द्वितीय , कुसुम डुङ्गाना तृतीय र सविना अोलिले सान्त्वना स्थान हासिल गर्नु भएको थियो ।

प्रथम , द्वितीय , तृतीय र सान्त्वना हुन सफललाई अतिथि गणबाट ट्रफि , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने अन्य प्रतियोगीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त प्रथियोगिताको निर्णायक मण्डलमा गिरी ग्राण्ड फिल्मका निर्देशकहरु एनिश विश्वकर्मा र अनिशा न्यौपाने रहनु भएको थियो ।

त्यसैगरी कार्यक्रममा बाल संजालले वडा नम्बर ७ को प्रतिनिधि गर्दै प्रादेशिक हुँदै राष्ट्रिय स्तरको फुटबल छनौटको क्रम सम्म पुग्न सफल १६ वार्षिय अनमोल कार्कीलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा विभिन्न अप्रतियोगी गित र नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि संघिय संसद एलपी साँवा लिम्बू , बिशिस्ट अतिथि कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी विशेष अतिथि कनकाई नगरपालिका ७ का वडा वडाध्यक्ष भीष्म भुषण सिटाैला , कनकाई नगरका बाल कल्याण अधिकारी उमानाथ ढकाल अतिथिहरु झापा जिल्ला बाल संजालका सस्थापक अध्यक्ष अभिषेक मिश्र , भृकुटी माविका प्रअ चन्डिका प्रसाद उपाध्याय , कनकाई नगर बाल अधिकार समिती सदस्य शिशिर भटराई लगायतले शुभकामना मन्त्यय राख्दै बाल दिवसको महत्त्व वारे जानकारी गराई बाल अधिकार प्रति सबैलाई जिम्मेवार बन्न अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा नविन वस्नेत , लिलाबहादुर कन्दङवा , नविन तिम्सिना , अश्लेसा कडेल साथै बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , बिभिन्न वाल संजालका प्रमुख तथा प्रतिनिधिहरुको अातिथ्यतारहेको थियो भने बालबालिकाहरुको उल्लेख्य उपस्थित रहेको थियो ।

कार्यक्रमको अौचित्य माथि प्रकाश नगर बाल कल्याण अधिकारि उमानाथ ढकालले पार्नु भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत सरस्वती वडा बाल संजालका उपाध्यक्ष सुलभ रिमालले गर्नु भएको थियो । कार्यक्रम संचालन सरस्वती वडा बाल संजालकी सचिव अम्बिका गोस्वामी र फक्तालुङ बाल संजालकी सचिव कुसुम ढुङ्गानाले गर्नुभएको थियोे ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इरान र अमेरिकाबीच युद्धविरामको प्रस्ताव

इरान र अमेरिकाबीच युद्धविरामको प्रस्ताव

काठमाडौँ । इरान र अमेरिकाबीच जारी युद्ध रोक्न सहमति प्रयास भएको छ । रिपोर्टका अनुसार पाकिस्तानले दुवै देशसमक्ष युद्धविरामको प्...
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी भएका छन् । पाण्डेले ५१४ मत प्राप्त गर्दै अध्यक्षमा जि...
कर्णालीमा यातायात व्यवसायी आन्दोलित

कर्णालीमा यातायात व्यवसायी आन्दोलित

सुर्खेत । कर्णालीमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । प्रहरीले सुर्खेत बसपार्कबाट पाँच जना यातायात मजदुर पक्राउ गरी...
काठमाडौँ विश्वकै बढी प्रदुषण भएको दोस्रो शहर

काठमाडौँ विश्वकै बढी प्रदुषण भएको दोस्रो शहर

काठमाडौँ । काठमाडौँ उपत्यकामा मौसममा आएको परिवर्तनसँगै प्रदुषणको मात्र पनि बढेको छ । बुधबार  काठमाडौँ विश्वको सबैभन्दा प्रदुषित दो...