Skip to main content

Babai News

बिर्तामोड वडा नम्बर ७ मा’एक घर एक बत्ती अभियान’ सुरु

Advertisement

 

बिर्तामोड, १९ मंसिर :बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा’एक घर एक बत्ती अभियान’ सुरुवात भएको छ ।
जंगली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातिको समयमा हिँडडुल गर्न सहज होस् भन्ने उदेश्यले ‘एक घर एक बत्ती अभियान’ सुरु गरीएको हो ।

यस वडामा २४ वटा टोल रहेका छन् । यी मध्ये हालसम्म हात्तीबाट बढी प्रभावित रहेका बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथिभरा, स्रिजंघा, फक्तालुङ लगायतका टोलमा १५० भन्दा बढी सडक बत्ती जडान गरीएको वडाअध्यक्ष अबिरल कृष्ण खरेलले जानकारी दिनुभयो ।

उहाँले यो अभियानलाई प्राथमिकताको साथ अघि बढाईने बताउनु भयो । अहिले बत्ती जडान कार्य धमाधम भईरहेको र सबै ठाउँमा आवश्यकता अनुसार जडान गरीने बताउनु भयो ।

नगरपालिकाको सहयोगमा वडा कार्यालयले बत्ती जडान गरेको हो । घर घर बाटै लाइन टाँगेर जडान गरीने हुँदा त्यसको महशुल व्यक्तिले नै तिर्नु पर्ने छ । यसो गर्दा व्यवस्थापन कार्यमा सहज हुने वडाअध्यक्ष खरेलले बताउनु भयो । जडान गरीएको बत्ती बिग्रीएमा वडाले नै मर्मत तथा फेरबदल गर्ने छ ।

हाल टोल टोलमा पुराना जोडिएका बत्तीको मर्मत र नयाँ थप गर्ने कार्य भईरहेको छ । अहिले जडान गरीएका बत्तीहरुको खर्च प्रति एलइडी बल्ब १५ सय देखि ३ हजारसम्म रहेको वडाअध्यक्ष खरेलले जानकारी दिनु भयो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...