Babai News

झापा कप फुटबल : आयोजक झापा ११लाई हराउँदै राष्ट्रिय जागृति क्लब क्वार्टर फाइनल प्रवेश

Advertisement

बिर्तामोड, मंसिर ३० ।। फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी झापाको बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ ।
स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको खेलमा आयोजक झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
क्वार्टर फाइनलमा जागृतिले भारतको जिटिए दार्जिलिङसँगको भेट पक्का गरेको छ । राष्ट्रिय टिमका नियमित खेलाडी उत्सव राई, आयुष घलान, प्रशान्त लक्सम, डिफेन्डर देवेन्द्र तामाङसहित मैदानमा उत्रिएको झापाले खेलमा फितलो प्रदर्शन गरेको थियो ।
जागृतिको जितमा मिलन लाई नायक बने । उनले दोस्रो हाफको ५३ र ६२ औँ मिनेटमा टिमको लागि गोल गर्न सफल भए । खेलको ५३ औँ मिनेटमा गोलपोस्टको २० यार्डमा झापाका डिफेन्डर विशाल दर्जीले जागृतिका मिलन राईलाई फाउल गरेका थिए । त्यसपछि पाएको फ्रिकिकलाई राईले नै सुन्दर गोल गरे ।
खेलमा दोस्रो गोल राईले नै गर्न सफल भए । ६२ औँ मिनेटमा झापाका दुईजना डिफेन्डरले क्लियर गर्न नसकेको बललाई राईले गोलमा परिणत गरे । गोलकिपर सन्दीप लिम्बूलाई बिट गर्दै गरेको प्रहारले जागृतिको अग्रता दोब्बर बनायो ।
खेलमा झापाको प्रदर्शन अपेक्षाकृत फितलो रह्यो । विपक्षी पोस्टमा झापाले आक्रमक प्रयास गर्न सकेन । खेलको ४४ औँ मिनेटमा झापाका दयानन्द सिंहले डिबक्समा पाएको अवसर बाहिरियो । ५७ औँ मिनेटमा सिंहको लामो प्रहार विपक्षी गोलकिपरले पञ्च गरेर बचाउ गरे ।
१८ औँ मिनेटमा जागृतिका बिकु राईले पाएको बल गोल नहुँदा अग्रता लिने अवसरबाट बञ्चित भयो । ४१ औँ मिनेटमा मिलन राईले डिबक्सबाट गरेको कडा प्रहार गोलकिपर सन्दीप लिम्बूले उत्कृष्ट बचाउ गरे ।

खेलको प्लेयर अफ द म्याच जागृतिका २ गोलकर्ता मिलन राई भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । उनलाई झापा ११ का अध्यक्ष जलकुमार गुरुङ लगायतले ट्रफी प्रदान गरे ।
सोमबारको पहिलो क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुबटल क्लब र सलहेस फुटबल क्लब सिराहाबीच हुने आयोजकले जनाएको छ ।
आर्मीले पहिलो चरणको खेलमा एलएक्स सिटी फुटबल क्लब मोरङलाई हराएको थियो भने सलहेस क्लब सिराहा बाइ पाएर प्रतियोगितामा सहभागी भएको हो ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपजिेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्सहान गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न सरकारको निर्देशन

काठमाण्डौ – सरकारले असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक...

सुनको भाउ ३ हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ३ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा ...