Skip to main content

Babai News

शरीरमा पेट्रोल खन्याएर  आगो लगाई आत्मदाह,सरी बुढा लेखेको सुसाइड नोट फेला

Advertisement

 

काठमाडौं ।  कागेश्वरी मनोहरा नगरपालिका–८ मा ३२ वर्षीया कमला आचार्यले  शरीरमा पेट्रोल खन्याएर  आगो लगाई आत्मदाह गरेकी छिन् ।

नारायणटारमा परिवारसँग बस्दै आएकी आचार्यले किराँतचोकस्थित बागमती नदी किनारमा पुगेर पेट्रोल छर्की आगो लगाएकी हुन् । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीले कमला आचार्यको सुसाइड नोट फेला पारेको छ । सुसाइड नोटमा आत्मदाह गर्नुको कारण कसैलाई दोष लगाइएको फेला नपरेको प्रहरीले जनाएको छ ।

नोटमा उनले आफ्ना श्रीमानसँग क्षमा माग्दै लेखेकी छिन्, ‘सरी बुढा ।’ साथै, उनले श्रीमानलाई खबर पुर्‍याउन आग्रह गर्दै उनको फोन नम्बर पनि उल्लेख गरेकी छिन् ।

सुसाइड नोटमा आचार्यले आफ्नै कारण श्रीमान र छोराहरूले दुखः पाएकाले सबैलाई छाडेर जान आफूले आत्मदाह गर्नुपरेको उल्लेख गरेकी छिन् । ‘मेरा कारण श्रीमान् र छोराहरूले धेरै दुःख पाए । म कसैलाई दुःख दिन चाहन्न । श्रीमान् र छोराहरू खुसीसाथ बस्नू’ सुसाइड नोटमा लेखिएको छ ।

आचार्य दम्पतीले कागेश्वरी मनोहरा नगरपालिका–७ मा ‘के एण्ड ए स्टेशनरी’ सञ्चालन गर्दै आएका थिए। आत्मदाह गर्नुभन्दा केही समयअघि उनले स्टेशनरीबाट केही पर रहेको स्थानमा पुगेर यो घटना घटाएकी हुन् ।

१२ बजे पेट्रोल छर्केर आगो लगाएकी ती महिला र उनका श्रीमान्‌बीच सवा ११ बजेसम्म च्याटमा कुराकानी भएको पाइएको परहरीले जनाएको छ । आचार्यका १३ र ३ वर्षका दुई छोरा छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...