Skip to main content

Babai News

झापाको बुद्धशान्तिमा बनेको कोशी प्रदेशकै लामो झुलुङ्गे पुलको उद्घाटन

Advertisement

 

बिर्तामोड । बुद्धशान्ति गाउँपालिका ६ र ७ नम्बर वडालाई जोड्ने स्थानीय टिमाई खोलामा बनेको  कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । झापा क्षेत्र नम्बर १ का सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोलुबुंगे गौडा रमिते गौडा झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् ।

टिमाई खोलामा बनेको सो पुलको लम्बाई ४७७ मिटर लामो छ भने यसको निर्माणमा पाँच करोड ९८ लाख ७६१ रुपैयाँ खर्च भएको जनाइएको छ ।

पुल उद्घाटन कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँ लगायतको उपस्थिति रहेको थियो । कोशी प्रदेशकै लामो उक्त झोलुङ्गे पुल उद्घाटन पूर्व नै आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको थियो । थानी जगदम्बा जेभीले पाँच महिनामै निर्माण सम्पन्न गरेको हो ।

पुलको भारवहन क्षमता ९० मेट्रिक टन रहेको छ भने पुलबाट एक पटकमा ६४७ जनाले ओहोरदोहोर गर्न मिल्ने बताइएको छ । पछिल्लो समय झापामा समेत झोलुङ्गे पुल निर्माणले तीव्रता पाएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...