Skip to main content

Babai News

लिम्बु समुदायले आज धुमधामले नयाँ वर्ष मनाए

Advertisement

 

झापा माघ ०१ ।।    माघे संक्रान्तीको दिन आज   लिम्बु समुदायले  धुमधामले नयाँ वर्ष मनाएका छन । यो समुदायले माघे संक्रान्तीको दिन किराँत नयाँ वर्ष मनाउने गर्छन ।
किराँत नयाँ वर्षलाई किराँत समुदाय अन्तरगतका लिम्बूहरुले कुसङ यले तङबे र राईले यले दङ भन्ने गर्छन ।
यस्तै सुनुवार र याक्खाले पनि माघ १ गतेकै दिन नयाँ वर्ष मनाँउछन ।माघे संक्रान्तीसँगै किराँती पात्रोमा सम्वत फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश विदेशमा पुगेका किराँतीहरुले किराँत नयाँ वर्ष धुमधाम साथ मनाउने गरेका हुन ।

किरात नयाँ वर्ष पाँचथर,तेहथुम,ताप्लेजुङ,इलाम,झापा,धनकुटा लगायतका जिल्लामा भव्यता पूर्वक मनाइन्छ । यस्तै किराँत लिम्बूहरु सघन बसोवास रहेका काठमाण्डौ,ललितपुरसँगै हङकङ र सिंहापुर सम्म यो पर्व उल्लासपुर्वक मनाइन्छ ।
यो अवसरमा धान र च्याब्रुङ नाँच्नका साथै बनभोज खाने,कन्दमुल खाने,हाक्पारे,ख्याली र पाःलाम आदि पनि गाँउने गरिन्छ ।
किराँती पात्रो अनुसार यो वर्षको माघ १ गतेदेखि यले तङबे ५०८५ सुरु भएको छ ।

किराँत सम्वत नेपालमा हाल प्रचलनमा रहेको विक्रम सम्वत भन्दा ३ हजार ४ वर्ष जेठो रहेका इतिहासका जानकार हरिचन्द्र लावती बताँउनु हुन्छ ।
यले तङ्गवे किराँती राजा यलम्वरले नेपालमा शासन शुरु गरेपश्चाच मनाउन थालिएको इतिहास रहेहो किराँत इतिहासका जानकार राजेन्द्रप्रसाद जवेगु बताँउनु हुन्छ ।
उहाँका अनुसार माघे संक्रान्ती देखि लेकाली भुभागमा पाइने चाँप प्रजातीको फूल फुल्न सुरु हुन्छ । त्यसैले लिम्वू समुदायले माघे संक्रान्तीलाई ककफेवा तङनाम भनेर पनि मनाँउछन ।
लिम्वू भाषामा कक भनेको चाँप,फेवा भनेको फुल्ने र तङनाम भनेको सिजन अर्थात ककफेवा तङनाम भनेको चाँप फुल्ने सिजन हो ।
यो ज्येष्ठ सदस्य अर्थात अविभावकले बन तरुल कालो हुनेगरी पोलेर परिवारका अन्य सदस्यलाई टिका लगाउदै आर्शिवाद दिने चलन रहेको उहाँले वताँउनुभयो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...