Skip to main content

Babai News

गोरु जुधाएर रमाइलो गरी माघे संक्रान्ति मनाउँदै

Advertisement

 

झापा माघ ०१  ।।  माघे संक्रान्ति पर्व  ठाउँ अनुसार फरक फरक तरिकाले मनाउने  गरिन्छ माघे संक्रान्तिको अवसरमा कतै धार्मिक मेलालग्ने गर्छन भने कतै खोला तथा तलाउमा गएर नुहाएर तरुल खाएर मनाउने गरिन्छ तर   नुवाकोटको तारुका र बेत्रावती लगायतका ठाउँमा गोरु जुधाएर रमाइलो गरी  माघे संक्रान्ति मनाउने गरिन्छ

यो वर्ष नुवाकोटको तारुकामा १३ हल र बेत्रावतीमा ११ हल सहित जिल्लाका विभिन्न ठाउँमा गोरु जुधाएर माघे संक्रान्ति मनाइएको हो।

नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा आयोजित गोरु जुधाइ प्रदर्शनीको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ), बागमती प्रदेससभा सदस्य रमेशकुमार महत सहितले अवलोकन गरे।

गोरु जुधाइको अवलोकनपछि मुख्यमन्त्री तामाङले गोरु जुधाइलाई पशु अधिकारको रक्षा गर्दै संस्कृति जगेर्नामार्फत पर्यटन प्रवर्धन एवं खेलकुदको रूपमा व्यवस्थित गर्नु आवश्यक रहेको बताए। त्यसका लागि उनले विषयगत मन्त्रालयसँगको सहकार्यमा सहयोगको प्रतिबद्धता जनाए।

गोरु जुधाइ प्रदर्शनीमा विजेता र उपविजेता भएका गोरुका धनी (किसान)लाई प्रोत्साहन स्वरूप नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ। जुधेका गोरुको प्रस्तुति, जुधाइको कलाकौशल, संलग्न गराएका र विजेता सबै गोरुका धनीलाई भिन्न भिन्न विधामा सम्मान गरिएको माघे संक्रान्ति गोरु जुधाइ महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए।

यसअघि दर्ता भएर तयारीमा राखेका गोरुलाई एक–अर्कासँग जुधाइ प्रदर्शनी गरिएको गोरु जुधाइ प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटले जानकारी दिए।

बेत्रावतीमा प्रदर्शनी हेर्न आयोजित कार्यक्रममा विदुरका नगरप्रमुख राजन श्रेष्ठले कला, संस्कृति र इतिहाससँग जोडिएको गोरु जुधाइ परम्पराको यकिन तथ्यका आधारमा यसको संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाए। पछिल्ला वर्षमा नगरपालिकाको आर्थिक सहयोग सहित सहआयोजकको रूपमा गोरु जुधाउँदै आएकाले आगामी दिनमा थप सहयोगका लागी वार्षिक नीति तथा कार्यक्रममा समावेश गराउन लागिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए।

माघे संक्रान्तिमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपीपल, लिखु गाउँपालिका–३ सूर्यमती, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा र नुवाकोटसँग सीमा जोडिएका धादिङका विभिन्न ठाउँमा गोरु जुधाएर किसानले हर्षोल्लास गरेका छन्।

किसानले पालेका गोरुलाई एक अर्कोसँग नछुट्टिएसम्म जुधाइने हुँदा त्यो हेर्न हजारौँ पर्यटक नुवाकोट भित्रिएका थिए।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...