Skip to main content

Babai News

काेशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि आक्रमण

Advertisement

 

बिर्तामाेड । काेशी प्रदेशका पूर्व मुख्यमन्त्री माननीय उद्धव थापामाथि आक्रमण भएकाे छ ।
उहाँकाे देब्रे आँखाकाे माथिल्लाे भागमा चाेट लागेकाे छ ।
हाल बिर्ता सीटी हस्पिटल बिर्तामाेडमा उपचार भइरहेकाे छ ।
नेपाली काङ्ग्रेस काेशीका सभापति तथा संसदीय दलका नेता थापा माथि झापाकाे कनकाईस्थित जामुनबारी चाेकमा आज साँझ आक्रमण भएकाे हाे । आक्रमणमा संलग्न विद्युत प्राधिकरणका चालकसहित दुई जनालाई प्रहरीेले नियन्त्रणमा लिएकाे छ । भीआईपी सवार गाडीलाई साइड नदिनु र भीआईपी भनेर चिनेपछि आक्रमण भएकाे बताइएकाे छ । थापाले आफ्नाे ज्यानकाे कुनै प्रवाह नभए पनि नागिरककाे ज्यानकाे सुरक्षामा गम्भीर हुन सरकारकाे ध्यानाकर्षण गराएका छन् । याे घटनाले जिल्लाकाे शान्ति सुरक्षा कस्ताे रहेछ भनेर छर्लङ्ग बनाएकाे थाापाले बताए ।
थापा नेपाल प्रेस युनियन झापाकाे कार्यक्रमबाट फर्कदै थिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...