Skip to main content

Babai News

बिर्तामोडमा गायत्री माताको मन्दिर निर्माण सम्पन्न, पाँच दिवसीय अनुष्ठान हुने

Advertisement

 बिर्तामोड ।।  झापाको बिर्तामोडमा गायत्री माताको मन्दिर निर्माण भएको छ । बिर्तामोड – ५ स्थित अग्रसेन भवन  नजिकै स्थानीय दाता परिवारहरु, बिर्तामोड नगरपालिका र प्रदेश सरकारको अढाई करोड रुपैयाँको लागतमा  गायत्री माताको मन्दिर निर्माण गरिएको हो ।

Advertisement

मन्दिर निर्माण सम्पन्न भए संगै  बिर्तामोड नगरपालिकामा नै पहिलो पटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको पत्रकार भेटघाटको क्रममा बताइयो।  आगामी माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गरिने  कार्यक्रम संयोजक रौनक वंशलले जानकारी दिनुभयो । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक वंशलको भनाई छ । प्राण प्रतिष्ठानको पूर्वसन्ध्यामा मन्दिर परिसरबाट  शोभा यात्रा गरी बिर्तामोड परिक्रमा गरिने कार्यक्रम रहेको छ।

 

 

गायत्री माताको मन्दिर निर्माण सम्पन्न भएसंगै माघ १७ गते प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरले पाँच दिवसीय अनुष्ठानको उद्घाटन गर्ने र माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको कार्यक्रम संयोजक वंशलको भनाई छ ।

माघ १७ गतेदेखि २१ गतेसम्म पाँच दिन सञ्चालन हुने अनुष्ठानमा दैनिक भजन कीर्तन तथा महाप्रसाद बितरण गरिने कार्यक्रम तय भएको र दैनिक भजन कीर्तनका लागि नेपाल तथा भारतका चर्चित भजन गायक तथा कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहने बताइएको छ । भजन कीर्तनका लागि कृष्ण भण्डारी,आयुष शर्मा,साहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने वंशलले जानकारी दिनुभयो ।

बैदिक सनातन र हिन्दू धर्म अन्तर्गत गायत्री मताको महत्वपूर्ण स्थान छ । गायत्री मातालाई जननी मानिन्छ । गायत्री मातालाई बेद माता पनि भन्ने गरिन्छ । माता पार्वती, माता सरस्वती, माता लक्ष्मीको अवतारको रुपमा समेत गायत्री मातालाई लिने गरिन्छ । ऋषि बिस्वामित्रले गायत्री माताका नाममा घोर तपस्या गरेर गायत्री मन्त्र प्राप्तगरी प्रचलनमा ल्याउनु भएको र आज पर्यन्त गायत्री मन्त्रको जप गरिँदै आएको बताइन्छ ।

ज्ञान र शक्तिको रुपमा लिइने वेद माताको स्मरण मात्रैले पनि सांसारिक जीवनका सबै प्रकारका कष्टहरुबाट मुक्ति मिल्ने र जीवनका हर मनोरथ पुरा हुने धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार आम विश्वास गरिन्छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...