Babai News

झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट आजबाट : उद्घाटन खेलमा भद्रपुर र दमक भिड्दै ।

Advertisement

बुद्धशान्ति, ११ माघ ।

Advertisement
दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिका खेल्दै छन् ।

त्यसैगरी भोलि बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकाको सामना गर्नेछ भने सोही दिन कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाविरुद्ध खेल्नेछ ।
त्यस्तै, माघ १३ गते शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका तथा मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका भिड्ने छन् ।

माघ १४ गते बुद्धशान्ति गाउँपालिकाले गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाले कचनकवल गाउँपालिकाको सामना गर्नेछन् । अर्जुनधारा नगरपालिकाले बाइ पाएको छ ।

खेल बुद्धशान्ति-३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा हुनेछ भने प्रतियोगितामा झापाका १५ वटै पालिका सहभागी रहेको बर्खा प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष प्रसाईंले बताए ।

खेलको प्लेयर अफ द म्याचलाई ३ हजार, सेमिफाइनलको प्लेयर अफ द म्याचलाई ५ हजार र फाइनलको दिन ७ हजार तथा प्लेयर अफ द सिरिजलाई १३ हजार पुरस्कार प्रदान गरिने सचिव मदन मगरले जानकारी दिए ।

बुद्धशान्ति, ११ माघ । दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिका खेल्दै छन् ।

त्यसैगरी भोलि बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकाको सामना गर्नेछ भने सोही दिन कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाविरुद्ध खेल्नेछ ।
त्यस्तै, माघ १३ गते शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका तथा मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका भिड्ने छन् ।

माघ १४ गते बुद्धशान्ति गाउँपालिकाले गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाले कचनकवल गाउँपालिकाको सामना गर्नेछन् । अर्जुनधारा नगरपालिकाले बाइ पाएको छ ।

खेल बुद्धशान्ति-३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा हुनेछ भने प्रतियोगितामा झापाका १५ वटै पालिका सहभागी रहेको बर्खा प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष प्रसाईंले बताए ।

खेलको प्लेयर अफ द म्याचलाई ३ हजार, सेमिफाइनलको प्लेयर अफ द म्याचलाई ५ हजार र फाइनलको दिन ७ हजार तथा प्लेयर अफ द सिरिजलाई १३ हजार पुरस्कार प्रदान गरिने सचिव मदन मगरले जानकारी दिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न सरकारको निर्देशन

काठमाण्डौ – सरकारले असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक...

सुनको भाउ ३ हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ३ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा ...