Babai News

बर्खा स्मृति क्रीकेट : झापा र मेचिनगर बिजयी

Advertisement
Advertisement

 

बुद्धशान्ति, माघ १३ ।
बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका T-20 क्रीकेट प्रतियोगिताको आजको खेलमा झापा गाउँपालिका र मेचिनगर नगरपालिका बिजयी भएका छन् ।

आज भएको पहिलो खेलमा शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका बिचको खेलको निर्णय सुपर ओभर बाट लिईएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको झापा गाउँपालिकाले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुँदै १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पछ्याएको शिवसताक्षी नगरपालिकाले अलआउट हुँदै समान १६३ रन बनाउन सफल भयो । शिवसताक्षीका लागि २८ बलमा ९४ रन बनाएका सुजन थपलियाको पारी जितमा परिणत हुन भने असफल भयो । अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा शिवसताक्षिले सुपर ओभरमा दिएको १५ रनको तार्गेट झापा गाउँपालिकाले अन्तिम बल बाकी छदै प्राप्त गर्यो। खेलको म्यान अफ द म्याच झापाका अलराउण्ड प्रदर्शन ४ विकेट तथा २० रन लिएका सजाद आलम घोषित हुँदै पुरस्कृत भए ।

त्यसैगरी दोश्रो खेलमा हल्दिबारी गाउँपालिका विरुद्ध मेचीनगर नगरपालिका १८६ रनको विशाल अन्तरले बिजयी भएको छ। पहिले ब्याटिङ गरेको मेचीनगर नगरपालिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै प्रतियोगिताकै उच्च योगफल ३२० रन बनाएको थियो । मेचीनगरका लागि कप्तान आयुष कार्कीले प्रतियोगिताकै पहिलो सतक प्रहार गर्दै ५५ बलमा १२३ रन बनाएका थिए भने बिराट डागीले ६२ र सन्दिप ढुंगानाले ६५ रन बनाएका थिए। ३२१ रनको विशाल लक्ष्य पछ्याएको हल्दिबारी गाउँपालिका १३४ रनमै सिमित हुन पुग्यो । मेचीनगरको जितमा सतकिय पारी खेलेका आयुष कार्की खेलको म्यान अफ दि म्याच घोषित हुँदै सम्मानित भए ।

भोलिको पहिलो खेल बुद्धशान्ति गाउँपालिका विरुद्ध गौरादह नगरपालिका र दोश्रो खेल भने कचनकवल विरुद्ध गौरिगन्ज गाउँपालिका बिच रहने आयोजक समितिका सचिव मदन मगरले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले बताए ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न सरकारको निर्देशन

काठमाण्डौ – सरकारले असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक...

सुनको भाउ ३ हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ३ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा ...