Babai News

बर्खा स्मृति अन्तरपालिका क्रीकेट : गौरादह र कचनकवल क्वाटर फाइनलमा

Advertisement
Advertisement
बुद्धशान्ति , माघ १४ ।
Advertisement
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट प्रतियोगितामा गौरादह र कचनकवल गाउँपालिका क्वाटर फाइनलमा प्रबेश गरेका छन् ।
आज भएको पहिलो खेलमा गौरादहले बुद्धशान्ति गाउँपालिकालाई २४ रनले पराजित गर्दै क्वाटर फाईनलमा स्थान सुरक्षित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको गौरादहले बुद्धशान्तिलाई  २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा बुद्धशान्तिले ८ विकेटको क्ष्यतिमा १७८ रन बनायो ।
गौरादहलाई जितका लागि सुरज न्यौपाने ५४,अर्जुन यादब ५० रन बनाएका थिए भने बुद्धशान्तिका लागि  आदि हाङ फागोले ४०, कप्तान अर्पण कार्किले ३४ र पारस निरौलाले ३२ रन बनाए पनि अन्य ब्याट्समेनले उल्लेख्य रन बनाउन सकेनन् । खेलमा गौरादहका सुरज न्यौपाने म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार र ट्रफी प्राप्त गरे ।
त्यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङमा उत्रेको गौरिगन्ज गाउँपालिका ४३ रनमा अल आउट हुन पुग्यो । पहिलो संस्करणको उपबिजेता रहेको कचनकवलका बलर सामु निरीह बनेको गौरीगन्जले १०.५ ओभर मात्रै टिक्न सफल भयो । उस्का लागि कुनै पनि ब्याटसमेनले दोहोरो अङ्क पनि बनाउन सकेनन् ।  ४४ रनको लक्ष्य पछ्याएको कचन कवलले ४.२ ओभरमा १विकेट गुमाएर ९ विकेटको जित हासिल गरेको हो ।

 

 कचनका तर्फबाट २ ओभर बलिङ गर्दै ८ रन खर्चिएर ४ विकेट लिन सफल दिपेश बोगटी म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार रुपैयाँ र ट्रफी पाए ।
त्यसैगरी भोलिदेखि क्वाटर फाईनलका खेल शुरु हुँदै छन् ।  पहिलो क्वाटर फाईनलमा झापा गाउँपालिका र बिर्तामोड भिडने छन् भने दोश्रो खेल कन्काई र भद्रपुर नगरपालिका बिच रहने सदस्य तथा बुद्धशान्तिका कोच गोकुल पौडेलले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले बताए ।
Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न सरकारको निर्देशन

काठमाण्डौ – सरकारले असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक...

सुनको भाउ ३ हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ३ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा ...