Skip to main content

Babai News

मेची राजमार्गसहित इलाम, पाँचथर ,ताप्लेजुङमा आज पनि यातायात बन्द

Advertisement

 

झापा माघ १६ ।। ताप्लेजुङबाट पाथिभरासम्म केवलकार निर्माणको विषयमा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले आह्वान गरेको बन्दका कारण आज पनि मेची राजमार्गमा यातायातका  संचालन हुन सकेका छैनन् ।

झापाबाट मेची राजमार्ग हुँदै इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारी साधनहरु पूर्ण रुपमा ठप्प रहेका छन् । त्यस्तै इलाम,पाँचथर र ताप्लेजुङमा पनि यातायातका साधनहरु चल्न सकेका छैनन् । तर, बजार पसल, सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरु भने खुला रहेका छन् ।

माघ १२ गते ताप्लेजुङको फुङलिङ –११ स्थित बलुडाँडामा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले हिजोदेखि मेची राजमार्ग, तमोर करिडोर, तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका, ताप्लेजुङ जिल्लाभित्र अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका हुन् ।

उता पाथीभरामा केबलकार निर्माण कार्य जारी रहेको छ । हिजो बिहान ९ बजेदेखि दिउँसो ४.२० बजेसम्म फुङलिङ – ११ स्थित काफ्लेपाटीमा केबलकार निर्माणको लागि बटम स्टेसनमा एउटा स्काभेटर प्रयोग गरी फाउन्डेसन खन्ने काम भएको थियो । उक्त स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएका थिए ।

यता ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाले भने  आन्दोलन रोकेर पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माणमा सहयोग गर्न सबैमा अपिल गरेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...