Skip to main content

Babai News

महिला लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबलाई

Advertisement

 

झापा माघ १६ ।। काठमाडौँमा जारी महिला लिग २०८१को उपाधि नेपाल एपिएफ फुटबल क्लबले  जितेको छ।

विभागीय टोली एपीएफले अपराजित रहँदै एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ ।

पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ फम्र्याटमा खेलाइएको महिला लिगको विभागीय डर्बी फाइनलमा बुधबार नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपीएफ बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा एपीएफका लागि सविता राना मगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक–एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भए । खेलको ६४ औँ मिनेटमा सविता रानामगरको गोलमा एपीएफले सुरुवाती अग्रता बनाएको थियो ।

६९ औँ मिनेटमा रश्मीकुमारी घिसिङको हेडर प्रहार बारमा लाग्दै फर्किएको रिवाउण्डमा सरु लिम्बुले गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन् ।

खेलको ८३ औँ मिनेटमा सविताले व्यक्तिगत दोस्रो गोल थप्दा टोलीका लागि तेस्रो गोल गरिन् । इन्जुरी समयमा अनु लामाको गोलमा एपीएफले ४-० को जित दर्ता गरेको हो ।

एपीएफ र पुलिस दुवैले क्वालिफायरमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनल पुगेको थियो । जहाँ एपीएफले आफ्नो च्याम्पियन छवि कायम राख्दै अपराजित रहेर लगातार चौथो पटक लिग जितेको हो ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...