Skip to main content

Babai News

बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेटको उपाधि बिर्तामोडलाई 

Advertisement

 

बुद्धशान्ति , माघ १९ ।

Advertisement

भद्रपुरलाई ७ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बिर्तामोडले दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोडले उचालेको छ ।

उपाधी उचाले सङ्गै बिर्तामोडले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाएको छ भने उपविजेतामा सिमित भद्रपुरले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएको बर्खा प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदन प्रसाईले बताए ।

टस जितेर पहिले ब्याटिङ गरेको भद्रपुरले मध्यम १२५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भद्रपुरको आगि सर्बाधिक सुमन भट्टराईले २८ रनको योगदान गरे भने अन्य ब्याटसमेनले साथ दिन सकेनन् ।

जवाफी ब्याटिङमा उत्रेको बिर्तामोडले १७.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । बिर्तामोडको लागि अविजित रहेका शिवान्स बजगाईले ६४ रन र दिपु भुजेलको ४२ रनको मद्धतले सजिलै लक्ष्य हासिल गरेको हो ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी भद्रपुरका अङ्कित सुवेदी , म्यान अफ द म्याच बिजेता टिमका सिवान्स बजगाई, उत्कृष्ट ब्याटर गौरादहका सुरज न्यौपाने , बलर मेचिनगरका शिव राजबन्शी, फिल्डर दमकका कुशल दङ्गाल, विकेट किपर बुद्धशान्तिका अर्पण कार्की, बिशेष सम्मान भद्रपुरका दिवान्स बास्तोला र फेयर फ्ले अवार्ड कचनकवलले प्राप्त गर्दै नगद सहित सम्मानित भएका छन् ।

साथै यश अघि भएको Barkha,s indo- Nepal womens cricket प्रतियोगितामा भारत महिला क्रीकेट टिम बिजयी हुँदै सम्मानित भएको गोकुल पौडेलले जानकारी दिए । समय अभावमा १२ ओभरमा खेलाईएको खेलमा नेपाल महिला टिमले सामान्य ५२ रन बनाएको थियो । अप्सरी बेगमले २६ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कको स्कोर बनाउन सकेनन् । त्यस्तै ५३ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको भारतको टिमले १०.२ ओभरमा लक्ष्य प्राप्त गर्यो । भारतको लागि हेप्पी सरकारले २३ रनको योगदान दिए पनि अन्य खेलाडीले दोहोरो अङ्क जोडन सकेनन् । पहिलो खेल नेपालले जितेको थियो भने आज भारतले जितेको हो । साथै रन रेटको आधारमा भारत बिजेता बन्दै सम्मानित भएको आयोजक समितिले जनाएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...