Skip to main content

Babai News

सरकार र आन्दोलनरत पक्षबीच सहमति नजुटेपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

Advertisement

 

झापा माघ २९ ।। पाथीभरमा केबलका निर्माणको विरोधमा उत्रिएको समूह र  सरकार बीचको  वार्तामा सहमति नजुटेपछि आन्दोलनरत समूहले पुन आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

यही शनिबार र आइतबारको वार्ताले कुनै निष्कर्ष निकाल्न नसकेपछि पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएको समूहले ललितपुरबाट फेरि आन्दोलन घोषणा गरेको हो ।

केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भो आवद्ध ११ वटा संस्था र १० वटा अन्तरदलीय राजनीतिक पार्टीले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन् ।

सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले माघ २९ गतेदेखि अर्को चरणको आन्दोलन घोषणा गरेका हुन् ।

उनीहरूले माघ २९ देखि फागुन ९ गतेसम्म ग्लोबल आईएमई बैंकसहित चन्द्र ढकाल नेतृ्त्वको आइएमई समूहलाई बहिष्कार, फागनु ६ गतेदेखि ८ सम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा, केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानीमा अवरोध तथा काठमाडौं, इटहरी र बिर्तामोडमा विरोध सभा घोषणा गरेका छन् ।

आन्दोलनरत समूहले केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि ल्याएका छन् । त्यहीक्रममा उनलीहरूले विरोध प्रदर्शन कार्यक्रम पनि तय गरेका छन् । यो चरण पूरा भएपछि यसअघि माघ तेस्रो साताको जस्तै अनिश्चितकालीन यातायात बन्द र आमहड्तालको तयारी उनीहरूले गरेका छन् ।

ताप्लेजुङको पाथीभरामा केबलकार बनाउन थालिएपछि विरोधमा उत्रिएका ‘नो केबलकार समूह’का सदस्य र प्रहरीबीच माघ १२ गते झडप हुँदा २४ जना घाइते भएका थिए । जसमा आन्दोलनकारीतर्फ तीनजना गम्भीर घाइते भएका थिए । गोली लागेका दुईजनाको अहिले काठमाडौंमा उपचार जारी छ ।

त्यसपछि आन्दोलनित समूहले कोशी प्रदेशमा आमहड्ताल गर्दा जनजीवन अस्तव्यस्त भएको थियो । जनजीवन प्रभावित भएपछि सरकारले गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता टोली बनाएको थियो ।

उक्त वार्टा टोली र आन्दोलितबीच माघ २२ गते ६ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा सरकारले घोषणा गरे बमोजिम गत माघ १२ गतेको र त्यस आसपास भएका आन्दोलनका क्रममा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्ने उल्लेख थियो ।

माघ १२ गते ताप्लेजुङ सदरमुकाममा सुरक्षाकर्मीसँग भएको घटनाबारे छानबिन गरी कानुनी कारबाही गर्ने सहमति पनि भएको थियो ।

गत माघ २२ गते भएको वार्तामा केबलकारको स्टेशनबारे माघ २७ गतेको वार्तामा विस्तृत छलफल गर्ने सहमति पनि दुई पक्षबीच भएको थियो । तर यसबारेमा शनिबार र आइतबारको वार्तामा कुरा नभएपछि आन्दोलन थाल्न लागिएको हो ।

आन्दोलनकारीहरूले आइबार मात्रै ताप्लेजुङबाट प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टाराईसँग संवाद गरेका थिए । उनीसँग आन्दोलनकारीले गृहमन्त्री रमेश लेखकसँग भेटाइदिन भनेका थिए । भट्टराईले सोमबार गृहमन्त्रीसँग भेटाउने बताए पनि आन्दोलनकारीले नयाँ चरणको आन्दोलन घोषणा गरेका हुन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...