Skip to main content

Babai News

टिपरले किच्दा जेसीबी चालकको मृत्यु

Advertisement

 

अर्जुनधारा । झापाको अर्जुनधारा ७ मा रहेको  क्रसरमा टिपरले किचेर आइतबार साँझ  जेसीबी अपरेटरको मृत्यु भएको छ ।

कम्पनीबाट बिदा भएर घर जान लागेका जेसीबी अपरेटरको टिपरले किचेर मृत्यु भएको हो । कम्पनीबाट बिदा लिएर हल्दीबारी २ मा रहेको घर जान लागेका २४ वर्षीय मोहन किस्कुको मृत्यु भएको प्रहरीले जनाएको छ। मे २ प २१११ नम्बरको मोटरसाइकलमा घर जान लागेका किस्कुलाई को १ ख ७०१४ नम्बरको टिपरले किचेको थियो ।

अर्जुनधारा ७ को मधुजिता क्रसरमा टिपरले किचेर किस्कुको मृत्यु भएको हो । किस्कुको घरमा सोमबार पूजा आयोजना गरिएको बताइएको छ। पूजामा जानका लागि साथीको मोटरसाइकल लिएर घर जान लागेका उनलाई मिक्स गिटी अनलोड गरेर अगाडि बढ्ने क्रममा टिपरले किचेको बताइएको छ ।

दुई वर्षअघि सोही स्थानको अर्को क्रसरमा टिपरले किचेर एक कर्मचारीको मृत्यु भएको थियो । टिपर चालक उर्लाबारी नगरपालिका २ का ४१ वर्षीय गुमानध्वज खड्कालाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...